त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट करीब आधा किलो सुन बरामद
प्रकाशित २०७५ पुष ३ मंगलबार
271
Shares
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट प्रहरीले करीब आधा किलो सुन बरामद गरेको छ । मंगलबार प्रहरीले सुन बरामद गरेको विमानस्थल प्रहरी प्रवक्ता एसपी दिनेश मैनाली जाकारी दिए ।
विमानस्थलको पार्किङ्ग एरियामा चेकजाँच गर्ने क्रममा भरतपुर महानगरपालिका २३ बस्ने ३२ बर्षीय अमित घिसिङ्गलाई पक्राउ गरिएको हो । यसबारे अनुसन्धान गरिरहेको छ ।
यसअघि पनि विमानस्थलबाट उल्लेख्यमात्रामा सुन समातिँदै आएकोमा मंगलबार पनि करीब आधा किलो सुन समातिएको हो । प्रहरी प्रवक्ता मैनालीले सुन समातिएको समाचारको पुष्टी गर्दै थप विवरण सार्वजनिक गर्ने तयारी भइरहेको बताए ।
नेपालमा त्रिभुवन विमानस्थलबाट नै धेरै सुन तस्करी हुने गरेको बताइँदै आएको छ । यसअघि विमानस्थलबाटै ३३ किलो सुन बरामद गरिएको थियो ।