arrow

उडानको क्रममा भारतीय इन्टरनेट ५० गुणा महंगो

logo
प्रकाशित २०७५ पुष १० मंगलबार
internet2.jpg

काठमाडौं । भारतमा उडानको क्रममा मोबाइल सेवाको शुल्क निकै महंगो पर्ने गरेको छ । स्याटेलाइट ब्यान्डविथको शुल्क यसको कारण हो। एक उद्योग अधिकारीका अनुसार यसले यो सेवामा ३० देखि ५० गुणा महंगो हुन्छ र यात्रुहरूलाई दुई घण्टाको यात्रामा ७ सय देखि हजार रुपैयाँ तिर्नुपर्छ ।

 ब्रोडब्याण्ड टेक्नोलोजी कम्पनी, ह्याजेजका मुख्य प्रविधि अधिकारी (सीटीओ) कृष्णाले भने 'विश्वको अन्य भागहरुको तुलनामा भारतमा स्याटेलाइट ब्याण्डविथ शुल्क सात देखि आठ गुना महंगो रहेको छ । यसको कारण ब्यान्डविथ केवल भारतीय अंतरिक्ष अनुसन्धान संगठन (आईएसओआर) बाट मात्र खरिद गर्न पाइने शर्त रहेको छ । भारतमा  यात्रीहरूले दुई घण्टा उडानको लागि इन्टरनेटको ५० गुणा उच्च मुल्य तिर्नुपर्छ । यो एकदम सस्तो हुनुपर्छ र यो  हुनको लागि एक खुल्ला आकाश प्रणालीको आवश्यकता छ। तपाईं यसलाई नियन्त्रण गर्न सक्नुहुन्न कि केवल भारतीय उपग्रहहरूले मात्र यो सेवा उपलब्ध गराओस । एकाधिकारको नीतिको काम छैन । यदि यी मुद्दाहरूको समाधान भएन भने नीति बेकार हुनेछ।'

 उनले भने, 'प्रति विमान लगानी सानो छैन। प्रति विमानले ५ सयदेखि एक हजार डलर लगानी गर्नुपर्छ। जबसम्म यात्री सेवाको लागि आघि सर्ने छैनन् तब सम्म लगानी फिर्ती हुने संभावना छैन। कुनै भारतीय एयरलाइन वा ढुवानी कम्पनीले यो लगानी गर्नेछैन। ब्यान्डविथको कुल हिस्सा सेवाको लागतको ७० देखि ८० प्रतिशत हुनेछ।  वर्तमान अवस्थामा शुल्क सात सयदेखि  देखि हजार रुपैयाँ छ, जुन अधिकांश व्यक्ति तिर्न चाहँदैनन्।'

उनले विश्व स्तरमा उडानको क्रममा मोबाइल सेवाको मोडेल कम्तीमा १० प्रतिशत यात्रुहरूले सेवाको विकल्पमा चयन गरिको मोडेल  अघि सार्दै भने, 'यसको एक विकल्प विमानको टिकटमा मोबाइल सेवाको शुल्क थप्न सकिन्छ  तर टिकटहरू पहिले नै ४ हजारदेखि ५ हजार महंगो मुल्यमा रहेका छन् । यसकारण उडानको समयमा टिकटमा सेवा शुल्क थप्दा आर्थिक रूपमा व्यावहारिक मोडेल होइन।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ