२४९ जना शेयर सदस्य रहेको कर्मचारी बचत तथा ऋण सहकारी संस्था
रमेश विश्वकर्मा,
प्रकाशित २०७५ पुष १५ आइतबार
359
Shares
गुल्मी । कर्मचारी बचत तथा ऋण सहकारी संस्था लि रेसुङ्गा नगरपालिका वडा नं १ तम्घास गुल्मीले आठौं साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ । साधारण सभा तथा वनभोज कार्यक्रम रेसुङ्गा नगरपालिकाको वडा नं ७ साखिने डाँडामा सम्पन्न भएको हो । एक बर्षसम्मको कामकर्तव्य, प्रगति विवरण र बिबिध बिषयको बारेमा कर्मचारी बचत तथा ऋण सहकारी संस्था गुल्मीका सचिब भुवन पाण्डेले बार्षिक प्रतिवेदन पेश गरेका छन् ।
प्रतिवेदनमा कर्मचारी बचत तथा ऋण सहकारी संस्था लि रेसुङ्गा नगरपालिका वडा नं। १, तम्घास गुल्मीले संस्थामा संग्लन सदस्यहरु विच स्वावलम्बन, पारस्परिक सहयोग एवं मितव्ययिताको अभिवृद्धि नियमित वचत गर्ने बानी प्रवद्र्धन गर्ने उद्देश्य राखेर २०६७ माघ २८ गते स्थापना गरिएको यस संस्थामा अहिलेसम्म पुरुष सदस्यहरु १९४ र महिला सदस्य ५५ जना गरि २४९ जना शेयर सदस्य रहेको उल्लेख गरिएको छ ।
त्यस्तै संस्थाको कार्यसञ्चालनलाई सहजताका लागि संस्थामा विभिन्न समिति गठन गरिएको, संचालक समितिको बैठक १४ पटक, लेखा समितिको बैठक ३ पटक, ऋण उपसमितिको बैठक १२ पटक र शिक्षा उपसमितिको बैठक २ पटक बसेको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
संस्थाका सचिव पाण्डेयले प्रतिवेदन मार्फत संस्थाले अवलम्वन गरेका विभिन्न नितिगत तथा व्यवस्थाहरु अनुमोदनका लागि पेश गरेका थिए । त्यस्तै कोषाध्यक्ष चर्तुभुज पन्थीले आर्थिक वर्ष २०७४–०७५ मा भएको संस्थाको आर्थिक प्रगति प्रतिवेदन पेश गरेका थिए । आर्थिक प्रतिवेदनमा आर्थिक वर्ष २०७४–०७५ मा संस्थामा १७ जना निजामती कर्मचारीहरुले सदस्यता लिएको जसमा ८ जना पुरुष र ९ जना महिला सदस्य थप भएको गुल्मीबाट अन्यत्र जिल्लामा सरुवा भई ५ जना शेयर सदस्य बाहिर गएकोले शेयर सदस्यता फिर्ता लिएको उल्लेख गरिएको छ ।