माछापुच्छ्रे बैंक र नेपाल मेडिसिटि अस्पतालबीच सम्झौता
प्रकाशित २०७५ पुष १७ मंगलबार
213
Shares
काठमाडौं। माछापुच्छ्रे बैंक र नेपाल मेडिसिटि अस्पताल बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला तथा नेपाल मेडिसिटि अस्पतालको तर्फबाट जनरल म्यानेजर विजय रिमालले हस्ताक्षर गरेका थिए।
सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले नेपाल मेडिसिटि अस्पतालका सेवाहरुमा ७% सम्मको छुट पाउनेछन्। बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुत्तानी गर्दा पाउन सक्नेछन्।
नेपाल मेडिसिटिले आफ्नो स्थापनाकालदेखि विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८७ वटा शाखाहरु लगायत ५१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा एक सय ३८ स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ। साथै, बैंकको देशभर एक सय ८ वटा एटीएमहरु सञ्चालनमा रहेको छ।