वाइडबडी प्रकरणमा मन्त्री रविन्द्र अधिकारीलाई कारवाही सिफारिस
तीन सचिवमा कृष्णप्रसाद देवकोटा, प्रेम राई र शंकर अधिकारी
प्रकाशित २०७५ पुष १७ मंगलबार
580
Shares
काठमाडौं। वाईडबडी बिमान खरिदमा अनियमितता भएको ठहर लेखा समिति अन्तर्गतको उपसमितिले गरेको छ। समितिले पर्यटन मन्त्री रविन्द्र अधिकारी लगायत तीन सचिवलाई कारवाही सिफारिस गरेको छ।
त्यसैगरि पूर्वमन्त्री जितेन्द्र नारायण देव र जीवनबहादुर शाहीलाई पनि कारवाही सिफारिस भएको छ । तीन सचिवमा कृष्णप्रसाद देवकोटा, प्रेम राई र शंकर अधिकारी रहेका छन्। देवकोटा बहालवाला पर्यटन सचिव हुन् भने राई र अधिकारी तत्कालिन पर्यटन सचिव हुन्।
विमान खरिद प्रक्रिया चलेका बेला पर्यटन मन्त्री भए पनि दिलनाथ गिरीमाथि छानबिन गर्न उपसमितिले निर्देशन नदिने निर्णय गरेको एक सदस्यले जानकारी दिए ।
ती सदस्यका अनुसार विमान खरिद प्रक्रियामा सहभागी भएका तीनजना सचिवमाथि पनि निलम्बन गरी कारबाही गर्न उपसमितिले अख्तियारलाई सिफारिस गर्ने भएको छ ।
वाइड वडीमा भएको अनियमिता छानबिन गर्न सार्वजनिक लेखा समितिले कांग्रेस सांसद राजन केसीको संयोजकत्वमा सात सदस्यीय छानबिन उपसमितिले गठन गरेको थियो ।
उपसमितिले तयार पारेको प्रतिवेदन बुधबार(भोलि) ११ बजे बस्ने लेखा समितिको बैठक पेश गर्नेछ ।एक सदस्यका अनुसार करिव ४ अर्ब २५ करोड भ्रष्टाचार भएको ठहरसहित ३८ पेजको प्रतिवेदन तयार भएको छ ।
विमान निर्माता कम्पनीसँग विमान गरिद गर्दा लिइएको बिल पर्यटन मन्त्रालय र नेपाल वायुसेवा निगमले समितिमा पेश नगरेकाले अझै भ्रष्टाचार भएको रकम बढ्न सक्ने संभावना रहेको समितीका सदस्यले जानकारी दिएका छन्।