arrow

आइएमई डिजिटल र नेपाल बैंकबीच सम्झौता

logo
प्रकाशित २०७५ पुष १९ बिहिबार
Picture.2019-01-02_.jpg

काठमाडौं। आइएमई ग्रुपले प्रवर्द्धन गरेको ‘आइएमई डिजिटल’ र जनता बैंक नेपालबीच ‘आइएमई पे’ मोबाइल मनि मार्फत मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आइएमई डिजिटलका तर्फबाट प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ र जनता बैंक नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले सोमबार सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार जनता बैंक नेपाल ‘आइएमई डिजिटल’ को बैंकिङ साझेदार संस्था हुनेछ। बैंकका सेवाग्राहीले चाँडै नै आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिंक गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने सेवा प्राप्त गर्नेछन। 

यसका साथै जनता बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनि ट्रान्सफर र क्यु आरमार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नेछन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ