अमेरिकी रक्षा मन्त्रालयका प्रमुख कर्मचारीद्धारा राजिनामा
एएनआई,
प्रकाशित २०७५ पुष २२ आइतबार
654
Shares
वासिङ्टन डीसी। अमेरिकाको रक्षा मन्त्रालयका प्रमुख कर्मचारी रिएर एड्माइरल केभिन स्विनीले पदबाट राजिनामा दिएका छन्। उनले शनिबार आफ्नो जिम्मेवारी त्याग्नु भएको अधिकारीहरुले जानकारी दिएका छन्।
“पेन्टागनमा प्रवेश गरेको दुई बर्षपछि मैले यहाँबाट बाहिरिने निर्णय गरेको छु, निजी क्षेत्रमा फर्किने यो मेरो उपयुक्त समय हो भन्ने लागेको छ,” जनवरी ५ मा जारी गरेको उनको वक्तव्यमा भनिएको छ।
उनले सन् २०१७ को जनवरीदेखि अमेरिकाको रक्षा मन्त्रालयको प्रमुख कर्मचारीका रुपमा जिम्मेवारी सम्हाल्नु भएको थियो। पदमुक्त भएका स्विनीले आफूले राजिनामा दिनु पर्नाको कारणका बारेमा भने वक्तव्यमा केही उल्लेख गरेका छैनन्।