के भने पत्रकार सम्मेलन गरेर पर्यटन मन्त्री अधिकारीले ?
प्रकाशित २०७५ पुष २३ सोमबार
507
Shares
काठमाडौं । वाइडबडी विमानकाण्डमा भएको भ्रष्टाचारमा आफू मुछिएको संसदीय उपसमितिले निष्कर्ष निकालेपछि संस्कृति, प्रर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पत्रकार सम्मेलन गरेर आफूले राम्रा काम मात्र गरेको फेहरिस्त सुनाएका छन् ।
मन्त्रालयमा सोमबार बिहान पत्रकार सम्मेलन गर्दैै उनले आफू २०७४ चैत ३ गते मन्त्री भएपछि हासिल गरेका सफलताको फेहरिस्त सुनाएका हुन् ।
मन्त्रालयका सचिव र सहसचिवलाई समेत राखेर उनले कुनै पनि ग्लानी नभएको शैलीमा निकै हँसमुख तरिकाले प्रस्तुत हुँदै मन्त्री अधिकारीले सफलताको गुनगान गाएका हुन् ।
मन्त्री अधिकारीले कागजातले झुठो नबोल्नै भन्दै कर्मचारीहरुबाट वाइडबडीबारेका तथ्यांकहरुसमेत प्रस्तुत गरेका थिए । कर्मचारीले कागजातहरु नहेरी पत्रिकाहरुमा अफबाह फैलाइएको आरोपसमेत लगाएका छन् ।
अधिकारीले वाइडबडी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबीसमेत गरेका छन् । मन्त्री अधिकारीले विमान खरिद प्रकरणमा आफ्नो कुनै संलनता नहुँदा नहुँदै पूर्वाग्रही भएर आरोप लगाएको भन्दै आपत्तिसमेत जनाउन भ्याएका छन् ।
उनले अधिकारीले सर्वोच्च अदालतको फैसलाले पनि बोलपत्र आह्वान कानुन बमोजिम नै भएको भनेपछि भुक्तानी रोक्का गर्ने कुनै आधार नभएको दाबी गरेका छन् ।
मन्त्री अधिकारीले अनुमानको आधारमा आफूलाई दोष लगाइएको भन्दै समस्याबाट नभाग्ने प्रतिवद्धता समेत जनाएका छन् ।
उनले सोमबार बिहान पत्रकार सम्मेलन गर्ने जानकारी आइतबारै दिँदा कतै नैतिकताका आधारमा राजीनामा पो दिन्छन् कि भन्ने अनुमान गरिएको थियो ।