काठमाडौं। सिद्धार्थ बैंकले सत्रौं वार्षिक साधारण सभाबाट घोषित लाभांश पारित गरेको छ। साधारण सभाले बैंकको चुक्ता पुँजी ८ अर्ब ४६ करोडको ८.१६ प्रतिशतका दरले नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) र ५ प्रतिशतका दरले बोनस शेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको हो।
यस पश्चात् बैंकको चुक्ता पुँजी ८.८८ अर्व पुगेको छ। मंसिर मसान्त सम्ममा बैंकले १०६ अर्व निक्षेप संकलन गरेको तथा ९४ अर्व कर्जा लगानी गरेको जनाएको छ।
सिद्धार्थ बैंकको हाल देशभर १२९ वटा शाखा , ९९ शाखारहित बैंकिङ्ग सेवा, १४१ एटिएम सञ्चालनमा रहेका छन्।