arrow

तुम्बेवा गाउँपालिकामा प्राइम बैंक स्थापना

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ पुष २४ मंगलबार
prime-bank.jpg

पाँचथर। सरकारले देशैभरका स्थानीय तहमा बेंक पुर्‍याउने  लक्ष्य अनुरुप पाँचथरको तुम्बेवा गाउँपालिकाका स्थानीयलाई लक्षित गरेर मौवा बजारमा सोमबार प्राइम बेंकको स्थापना भएको छ। बेंकको उद्घाटन तुम्बेवा गाउँपालिका प्रमुख होमनाथ थापाले रिविन काटेर गरेका थिए।

उद्घाटन समारोहमा बोल्दै प्रमुख थापाले बेंक स्थापना भएसँगै यस क्षेत्रमा नयाँ अध्याय शुरु भएको बताए। गाउँपालिकाका जनताको निम्ति यो बेंक ढिलै भएपनि स्थापना भएर कोशेढुँगा सावित भएको बताउँदै स्थानियको समृद्धि र विकाशको लागि यो एउटा आधार बनेको उनले बताए।

अब तुम्बेवावासीले बेंकको काम गर्न सदरमुकाम सम्म धाउनु नपर्ने र बेङकिङ काम गर्न अव यस शाखा बाटै हुने गरी पालिकाले समन्वय गरी बेंक स्थापना गरेकोले यस ठाउँका जनताका लागि धेरै सहज हुने गाउँपालिका प्रमुख थापाले बताए।

यस्तै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र दाहालले यस क्षेत्रमा बेंक नहुँदा गाउँपालिकाको कामकाजहरु गर्न सदरमुकाम सम्म धाउनुपरेको तथा यस ठाउँको जनताको निम्ति पनि समस्या भएको हुँदा अव बेंक स्थापना भएकोले सहज हुने बताए।

त्यसैगरी प्राइम बेंक धरान शाखाका प्रमुख रिषीराम भट्टराईले सरकारले सवै स्थानीय तहमा बेंक पुर्‍याउने लक्ष्य अनुसार आफूहरुले पनि यस ठाउँको जनतालाई बेंकको पहुँचमा पुरयाउन बेंक स्थापना गरेको बताए।

यस्तै प्राइम बेंक तुम्बेवा शाखाका प्रमुख दिपेन्द्रनाथ श्रेष्ठले बेंक स्थापना भएकोले बेकलाई सफलतापूर्वक संचालन गर्न सहयोग गरिदिन आम तुम्बेवाबासीलाई आग्रह गरे।

बेंक उद्घाटन सँगै २ सय ७ जनाले सेवा लिएका छन्। कार्यक्रमको संचालन शिक्षक खड्ग बहादुर थापाले गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ