नेपाली काँग्रेसको १३औं महाधिवेशनको मुख्य बहसका विषयहरु मध्ये एउटा प्रमुख विषय हो काँग्रेसमा कोइरालाको विराशत । यो विषय नेपालको सवै भन्दा ठुलो र सवै भन्दा पुरानो लोकतान्त्रीक पार्टीमा जवरजस्त टाँसिएकाले लोकतन्त्र र विराशतको चर्चा गर्न लागिएको हो।
काँग्रेसको स्थापना तत्कालिन जमिनदार कृष्णप्रसाद कोइराला र राणा शासकहरुका विचमा मनमुटाव भएपछि उत्पन्न रापको रुपमा भएको ईतिहास पाईन्छ । कृष्णप्रसाद र राणाहरुका विचमा विवाद हुदैगएपछि राज्य पक्षले आफुलाई अफ्ट्यारो पार्न खोज्नेलाई देशनिकाला गर्नु स्वभाविक जस्तै थियो त्यतिवेला । त्यही सजाय पाए कृष्णप्रसाद कोइरालाले । अनि लागे उनी छिमेकीमुलुक भारत तिर । त्यहीँबाट नेपालमा प्रजातन्त्रको खेतिका लागि विउ रोपिएको र काँग्रेस उम्रिएको मान्न सकिन्छ । अर्थात् यो काँग्रेस रुपी रुख रोप्ने बातावरण कृष्णप्रसादले गरे भने उनका छोराहरु मातृकाप्रसाद कोईराला, विश्वेश्वरप्रसाद कोईराला लगायतले काँग्रेस रुपी रुख रोपे । त्यही रुख अहिले झाँगीएर देशको सवै भन्दा पुरानो, सवै भन्दा ठुलो र सवैभन्दा प्रभावशाली सदावहार पार्टी बनेको छ । यस अर्थमा काँग्रेस भनेकै कोइरालाको हो भन्नु स्वभाविक देखिन्छ ।
काँग्रेस एउटा कुनै कारखाना हुने थियो, त्यसमा लोकतन्त्र र जनसहभागीताको कुरा आउदैन थियो भने यो स्वभाविकता न्यायपुर्ण पनि हुने थियो । तर यो कुनै राज्यको नियम कानुन भित्रै रहेर खोलिएको कुनै कारखाना होईन । यो त लोकतन्त्रको विश्वविद्यालय हो, यहाँ धेरैले लोकतन्त्रको अध्ययन, अध्यापन र अनुसन्धान गरेका छन् । धेरैलाई यसले लोकतन्त्र सिकाएको छ । नकी यसले कुनै कारखाना संचालन गर्न सिकाएको हो । त्यसैले यस्ले कारखानाको जस्तो व्यवहार गर्नु हुदैन, लोकतन्त्र महागुरुको जस्तो नैतिकताको पहाड हुनुपर्दछ । तर यहाँ विराशतको वहस यस्तो देखिएको छ की विराशत विना काँग्रेसको नामनिशाना नै मेटिन्छ र काँग्रेस भनेको कोइरालाको विराशत हो । यस्तो वहस यसभन्दा अगाडी निकै कम र सानो स्वरमा मात्रै हुने गरेकाले अहिलेको बहसलाई निकै सकारात्मक र प्रशंसनीय नै मान्नु पर्दछ । तर वहस मात्रै गरेर हुदैन । यसलाई सकारात्म र सान्दर्भीक निचोडमा पनि पुर्याउनु पर्दछ ।
काँग्रेसमा कोइरालाको विराशतको वसहमा सिद्धान्तका आधारमा भन्दा पनि भावनात्मकता र अवसरबादलाई केन्द्रमा राखेर हुने गरेको पाईन्छ । सिद्धान्त, कार्यक्षमता र योग्यताका आधारमा काँग्रेसको विराशत कस्को काधमा हुने भन्ने कुरा हुन थाल्यो भने जुनसुकै कुनाको जुनसुकै बर्ग समुदायको व्यक्ति सर्वोच्च पदमा पुगीदिन सक्दछ । को त्यो पदमा पुग्छ भन्नेकुरा अनुमान लगाउन पनि नसकिने हुन्छ । एकाएक नेता उदाईदिन सक्दछ । त्यस्ता व्यक्ति पहिल्यै देखि पहिचान गर्न अवसरवादीहरुलाई निकै अफ्ट्यारो पर्ने भएकाले उनीहरुले नयाँ मान्छेहरुलाई शक्तिको केन्द्रमा पर्न नदिनका लागि विराशतको नारालाई लोकतन्त्रकै मुटु हो झै प्रचार गरिरहेका हुन् । नयाँ मान्छे आएन भने त पुराना शक्तिकेन्द्रहरुलाई आफुले घेरेर स्थाई सहयोगी आफु बन्न पाईने भएकाले पनि उनीहरु विराशतको भजन गाईरहेका हुन् भन्ने मलाई लाग्दछ ।
मेरो बुझाईमा काँग्रेसको अहिले सम्मको अभ्यासमा सवै भन्दा नराम्रो केही भएको छ भने यही विराशतको अभ्यास हो । विराशतका नाममा एकाएक कोइरालाका भाईभतीजाहरु नेता भई शक्ति केन्द्र भईदिने अभ्यास नै काँग्रेसको सवैभन्दा कालो पक्ष हो । अहिले यीनीहरु शक्तिमा हुदा सम्म र यो भन्दा फरक खालको अभ्यासको अनुभव नभएकाले यस्तो विराशतलाई स्वभाविक जस्तो लागेको हुनसक्दछ । तर जव नयाँ अभ्यासको स्वाद जनताले पाउन थाल्दछन्, तव यो विराशतको मानसिकताले हामीलाई कति गाँझेको रहेछ, कति भ्रम र अन्यायमा पारेको रहेछ भन्ने पनि छर्लडग हुदै जान्छ र त्यतिवेला मात्रै विराशतवादीहरु आलोचनाको केन्द्र, पात्र र विषयबस्तु बन्दछन् ।
अहिले काँग्रेसकै उदाहरण लिउँ । काँग्रेसको विजारोपण कोइराला परिवारले नै गरेको हो भन्नेमा कुनै दूईमत छैन । यस्तै एक मत तथ्य सत्य छ की यो कोइरालाले मात्रै रोपेको, मलजल गरेको, हुक्र्याएको र अहिले सम्म कोइरालाले मात्रै जोगाएको पनि होईन । यसमा अन्य परिवार, समुदायको पनि सहयोग र योगदान रहेको छ । त्यस बाहेक काँग्रेसको अहिले सम्मको जीवनकालमा कुनै कोइरालाका परिवारको सदस्यले भन्दै कैयौ धेरै लगानी, मेहनत र समर्पण गरेका छन् अन्य परिवार र समुदायका व्यक्तिहरुले पनि ।
महामन्त्रीका लागि हुन लागेको शशांक कोईराला र गगन थापा विचको प्रतिश्पर्धाले सवै भन्दा मुख्य कुरा त राजनितिक हिसावले काँग्रेसका नेताको भन्दा कार्यकर्ताको परिक्षण गर्ने भएको छ । काँग्रेस कार्यकर्ताहरु जुनसुकै जात तथा समुदायको व्यक्ति भएपनि क्षमतावान छ भने पार्टी हाक्न दिने पक्षमा छन् की कोईरालावंशकै विउ खोजेर पार्टीको जिम्मा लगाउनु पर्छ भन्ने पक्षमा छन् भन्ने परिक्षण हो यो प्रतिश्पर्धा । यहाँ गणतन्त्रवादीको प्रतिनिधित्व कस्ले गर्दछ र वंशवादीको प्रतिनिधित्व कस्ले गर्दछ भन्ने तथ्य स्पष्ट नै छ । तै पनि केही दृष्टान्त दिनु सान्दर्भीक देखिन्छ ।
महामन्त्रीका उम्मेदवार थापाले आन्दोलनका क्रममा वि.सं.२०६१ मा भनेका थिए ’लोकतन्त्रप्रतिको मेरो सक्रिय निष्ठा राजद्रोह हो, त्यस्तो ‘राजद्रोह’ मबाट जीवनपर्यन्त भइरहनेछ....’ । त्यी राजद्रोह अहिले बंशवाद विरुद्धको द्रोहको रुपमा प्रकट भईरहेको छ ।
अर्का महामन्त्रीका उम्मेदवार शशांक भने जनताको छोरालाई मुलुकको सर्वोच्च पदमा पुर्याउन गगनहरुले संघर्षको मैदानबाट ल्याएको गणतन्त्रलाई स्विकार्न कन्जुस्याई गर्दछन् । गत सोमबार साँझ बीबीसी नेपाली सेवाका लागि बरिष्ठ पत्रकार रवीन्द्र मिश्रसँगको अन्तरवार्ताका क्रममा शशांकले गणतन्त्रबाट पछाडि फर्कंदा पनि केही नबिग्रने बताए । उनले अहिलेको संविधानलाई हामीले ग्रहण गर्ने कि नगर्ने भन्नेबारेमा पनि छलफल हुनुपर्ने माग गरेका छन् । यसअघि पनि बीबीसीमै दिएको अन्तरवार्तामा शशांकले गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको विरोध गरेपछि तत्कालीन राष्ट्रपति डा.रामवरण यादव र कांग्रेस सभापति सुशील कोइरालाले सम्झाइ बुझाइ गरेका थिए ।
यी दृष्टान्तहरुबाट काँग्रेसका महाधिवेशन प्रतिनिधिहरु स्पष्ट भईसकेका छन् की कोईरालाको राजकुमार शशांक र जनताको राजकुमार गगनकुमार मध्ये कस्लाई रोज्ने भनेर । राजाको छोराबाट जनताको छोरामा शासन सत्ता लैजाने आन्दोनलको नेतृत्व गरेका गगन अहिले आफ्नै पार्टी भित्र नेताको छोराबाट जनताको छोरामा नेतृत्व लैजाने संघर्षमा उत्रिएका छन् । शाह परिवारको तनाशाही विरुद्धमा लडेका गगन अहिले कोईराला एकाधिकारका विरुद्धमा लडेका हुन् ।
काँग्रेस भित्रबाट मात्रै नभई बाहिरका मान्छेहरुले पनि काँग्रेसी कार्यकर्ताहरुले गणतन्त्रवादीलाई रोज्छन नी बंशवादीलाई रोज्छन भनेर हेरिरहेका छन् । यी गणतन्त्रवादी गगनलाई रोजे भने काँग्रेस पार्टी गणतन्त्रवादी नै रहेछ भन्ने थप पुष्टी हुने छ । काँग्रेस भित्रको सर्वेक्षण पनि गणतन्त्रको पक्षमा देखिन्छ । यदी गणतन्त्रवादीको विपक्षमा र बंशवादीको पक्षमा नतिजा आयो भने काँग्रेसजनले मात्रै होईन अन्य पार्टीका नेता कार्यकर्ताहरुले पनि काँग्रेसलाई फेरी आशंका सहित यथास्थीतिवादीको विल्ला भिराउने छन् । त्यसैले काँग्रेसका महाधिवेशन प्रतिनिधिहरुको राजनितिक परिक्षण तथा सर्वेक्षणको रुपमा यस प्रतिश्पर्धालाई लिईएको छ ।
काँग्रेस महाधिवेशनमा अहिले धेरै नयाँ अनुहार र युवा उमेरका प्रनिधिहरु आएका छन् । उनीहरु साँच्चै विचार र उर्जामा पनि नयाँ र युवा छन की छैनन भन्ने जाँच पनि हो यो महामन्त्रीको प्रतिश्पर्धा । विराशतको ह्याङओभर भनेको पुराना काँग्रेसीको हो भने अहिलेका काँग्रेसीमा आफै पनि नेतृत्व हाक्ने चाहना छ । त्यसका लागी बाटो खोल्ने उम्मेदवार हुन गगन थापा । उनले जित्नु भनेको क्षमतावानको लागि काँग्रेसको सर्वोच्च पदमा पनि ढोका खुल्नु हो । अहिले पनि विराशतकै पक्षमा नतिजा आयो भने विराशत पक्षपातीका विरुद्धमा लड्ने अर्को नेता जन्मीन काँग्रेसले कैयौ बर्ष कुर्नु पर्छ । फलत ः फेरी काँग्रेस लामो समय जनताको पार्टी नभई कोईराला परिवारको कम्पनीको परिभाषामा पर्ने छ । त्यस्तो दुर्भाग्यपुर्ण परिभाषामा काँग्रेसलाई पार्ने की नपार्ने अग्नी परिक्षाको समय हो यो ।
( शनिवारको कमाण्डरपोष्ट राष्ट्रिय दैनिकमा प्रकाशित )