- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । फ्रान्स निरन्तर अशान्त बन्दै गएको छ । ‘पहेलो भेस्टधारी’ हजारौं फ्रेन्च नागरिकले सरकारविरुद्ध सडकमा उत्रिएर प्रदर्शन गरिरहँदा सरकार समाधान गर्नेभन्दा आन्दोलनकारीविरुद्ध दमन गर्ने लिएपछि स्थिति तनावपूर्ण बनेको हो ।
प्रदर्शनका क्रममा ठाउँ–ठाउँमा प्रहरीसँग भिडन्त भएको छ । भीडलाई नियन्त्रणमा लिन प्रहरीले पानीका फोहोरा र अश्रुग्यास प्रयोग गरेको छ ।
पछिल्लो विरोध प्रदर्शनका क्रममा फ्रान्सभर झण्डै ८४ हजार व्यक्ति सहभागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
इन्धनमा भएको मूल्यबृद्धिलाई लिएर सुरु प्रदर्शनमा पछिल्लो दिन नयाँ–नयाँ मागहरु थपिने क्रम जारी छ ।
प्रदर्शनकारीहरुले कर, स्वच्छ उर्जा, संस्थागत सुधार र नागरिकताका मुद्दाहरुलाई उठाउन थालेका छन् । यस अघिका प्रदर्शनमा आगजनी र तोडफोडका भए पनि पछिल्लो समय त्यस्ता घटनामा कमी आएको छ ।
हालसम्म २४४ प्रदर्शनकारी पक्राउ परिसकेका छन् । २०१ जना प्रहरीको नियन्त्रणमै रहेको जनाइएको छ । सरकारले ८० हजार सुरक्षाकर्मी परिचालन गरेको छ ।