arrow

फ्रान्स अशान्त 

logo
प्रकाशित २०७५ पुष २९ आइतबार
france-aggitation.jpg

काठमाडौं । फ्रान्स निरन्तर अशान्त बन्दै गएको छ । ‘पहेलो भेस्टधारी’ हजारौं फ्रेन्च नागरिकले सरकारविरुद्ध सडकमा उत्रिएर प्रदर्शन गरिरहँदा सरकार समाधान गर्नेभन्दा आन्दोलनकारीविरुद्ध दमन गर्ने लिएपछि स्थिति तनावपूर्ण बनेको हो । 

प्रदर्शनका क्रममा ठाउँ–ठाउँमा प्रहरीसँग भिडन्त भएको छ । भीडलाई नियन्त्रणमा लिन प्रहरीले पानीका फोहोरा र अश्रुग्यास प्रयोग गरेको छ ।

A demonstrator in a wheelchair is pushed by another, holding a French national flag with a yellow one attached to it, with the Arc de triomphe in the background during a Yellow Vests "Gilets Jaunes" anti-government demonstration in Paris on 12 January 2019

पछिल्लो विरोध प्रदर्शनका क्रममा फ्रान्सभर झण्डै ८४ हजार व्यक्ति सहभागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

इन्धनमा भएको मूल्यबृद्धिलाई लिएर सुरु प्रदर्शनमा पछिल्लो दिन नयाँ–नयाँ मागहरु थपिने क्रम जारी छ ।

प्रदर्शनकारीहरुले कर, स्वच्छ उर्जा, संस्थागत सुधार र नागरिकताका मुद्दाहरुलाई उठाउन थालेका छन् । यस अघिका प्रदर्शनमा आगजनी र तोडफोडका भए पनि पछिल्लो समय त्यस्ता घटनामा कमी आएको छ ।

हालसम्म २४४ प्रदर्शनकारी पक्राउ परिसकेका छन् । २०१ जना प्रहरीको नियन्त्रणमै रहेको जनाइएको छ । सरकारले ८० हजार सुरक्षाकर्मी परिचालन गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ