arrow

लिभरपुललाई टक्कर दिँदै म्यान्चेस्टर सिटी 

logo
प्रकाशित २०७५ माघ १ मंगलबार
mancity8.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले लिभरपुलसंगको अंक दूरी कम गरेको छ । लिग अन्तर्गत सोमबार राति भएको खेलमा जित निकाल्दै सिटीले शीर्षस्थानको लिभरपुलसँगको अंक दूरी चारमा छोट्याएको हो ।

Aymeric Laporte released Leroy Sane down the left and he whipped the ball across the six yard box for Jesus to slide home

घरेलु मैदानमा भएको खेलमा सिटीले १० खेलाडीमा सीमित वुल्भरह्याम्पटन वान्डेरर्सलाई ३–० ले हरायो । सिटीको जितमा गाब्रिएल जिससले दुई गोल गरे ।

It was the Brazilian striker's sixth goal in three games after he scored four against Burton and one against Rotherham

यस्तै वुल्भरह्याम्पटनका कोनर कोडीले आत्मघाती गोल गरे । १० औँ मिनेटमा जिससले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए ।

त्यसको ९ मिनेटपछि वुल्भ्सका विली बोलीले बर्नार्डो सिल्भासँगको ट्याकलका कारण सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिए ।

Boly actually won the ball first but he was out of control and clattered into the City midfielder's ankle with his studs

३९ औँ मिनेटमा पाएको पेनाल्टीमा जिससले व्यक्तिगत दोस्रो गोल गरे । ७८ औँ मिनेटमा वुल्भ्सका कोडीले आत्मघाती गोल गरेका हुन् ।

There was a scare for Manchester City when Jesus collided with the post as he attempted to reach a cross from Kyle Walker

यो खेलपछि २२ औं चरणका खेल सकिएका छन् । लिभरपुल ५७ अंकसहित शीर्ष स्थानमा हुँदा दोस्रो स्थानको सिटीको ५३ अंक भएको छ । तेस्रो स्थानको टोटनह्यामको ४८ तथा चौथो स्थानको चेल्सीको ४७ अंक छ । 

 

The home side were awarded a penalty after Wolves defender Ryan Bennett tripped Raheem Sterling inside the box

In-form striker Jesus stepped up to score from the spot and take his tally to seven goals in his past three appearancesJesus sent Wolves goalkeeper Rui Patricio the wrong way to double Manchester City's advantage in the 39th minute



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ