धनकुटा । सिएनएनले सूचिकृत गरेको विश्वकै १२ औं गन्तव्य स्थल मध्यको धनकुटाको भेडेटारको नाम्जेमा सोमबारदेखि तीन दिने प्रथम माघेसंक्रान्ती महोत्सव शुरु भएको छ । धनकुटाको पर्यटन प्रवद्धन गर्ने उदेश्यले आयोजना गरेको महोत्सवको धनकुटा जिल्लाबाट प्रतिनिधित्व गर्नु हुने प्रतिनिधि सभाका सदस्य राजेन्द्र राईले उद्घाटन गर्दै देश विकासको प्रमुख आधार पर्यटन भएकाले पर्यटनको विकास गर्दै मुलुकलाई समृद्धी बनाउनु पर्ने वताए ।
कार्यक्रममा प्रदेश सभा क्षेत्र नं. १ का सांसद निरन राईले भेडेटार नाम्जेको पर्यटन विकास गर्न नया योजनाका साथ अगाडी बढेको वताए । धनकुटा जिल्ला समन्वय समितिका संयोजक टंक वहादुर चुवान,धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ्ग,पर्यटन वोर्डका पूर्व सदस्य रेवत वहादुर थापा,धनकुटा जिल्ला पर्यटन विकास समितिका अध्यक्ष विजय सन्तोषी राई,भेडेटार होटल एशोसिएसनका अध्यक्ष जितेन्द्र राई,नेकपाका प्रतिनिधि भिम राई,नेपाली कांग्रेस धनकुटका कोषाध्यक्ष दिनेश राई,संघिय समाजवादी फोरम नेपाल धनकुटका अध्यक्ष बल वहादुर राई लगायतले प्राकृतिले दिएको अनुप उपहारहरुको उचित संरक्षण र प्रचार प्रसार गरी पर्यटन प्रवद्र्धन गर्नु आजको पहिलो आवाश्यक्ता भएको वताउनु भयो । उहाहरुले थोरै लगानीबाट पनि संचालन गर्न सकिनी भएकाले पर्यटन हाम्रो लागी मुख्य आम्दानीको स्रोत हुन सक्ने वताए।
प्रथम ऐतिहासिक माघेसंक्रान्ती नाम्जे महोत्सव मुल आयोजक समितिका संयोजक अनिल कुमार राना मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य आयोजक समितिका सचिव अशोक मगरले गर्नु भएको थियो भने कार्यक्रमको संचालन सागुरीगढी गाउपालिका वडा नं. ६ का वडा सचिव गोविन्द समाल मगरले गरेका थिए ।
सोमबारदेखि संचालन भएको तिन दिने प्रथम माघेसंक्रान्ती नाम्जे महोत्सवमा २४ वटा भन्दा बढी स्टलहरुमा आदिवासी जनजाती मगर समुदाय लगायत विभिन्न जातजातीहरुको जातीय परिकार अर्गानिक खानाका परिकारहरु,हस्तकलाका समाग्रीहरु विक्रि तथा प्रर्दशनका लागी राखिएको र प्रत्येक दिन विभिन्न जातीय नृत्य तथा झाकीहरु प्रर्दशन गर्ने कार्यक्रम रहेको सागुरीगढी गाउपालिका वडा नं. ६ भेडेटारका वडाध्यक्ष यम वहादुर (दिपक) मगरले वताए । पर्यटनको माध्यमबाटै नाम्जे थुम्की भेडेटारले प्रदेश नम्वर १ कौ आर्थिक समृद्धी गर्ने समेत वडाध्यक्ष दिपक मगरले जानकारी दिए।
कार्यक्रममा प्रदेश नम्वर का सांसद उमिता विक, सागुरीगढी गाउपालिकाका अध्यक्ष कुमार जङ्ग याक्खा,उपाध्यक्ष बिन्द्रा राई,चौविसे गाउपालिकाका अध्यक्ष खजिन्द्र राई,उपाध्यक्ष यज्ञ कुमारी रुचाल,सहिदभूमी गाउपालिका अध्यक्ष मनोज राई,धनकुटा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठ, सागुरीगढी गाउपालिकाका विभिन्न वडाहरुका वडाध्यक्षहरु,भेडेटार होटल एशोसिएसनका निवर्तमान अध्यक्ष लिलाराज लावती,महासचिव आषिश राई,कोषाध्यक्ष रमेश श्रेष्ठ,नाम्जे भेडेटारका समाजसेवी तथा पर्यटन व्यावसायी दिलिप मगर,गुञ्जमान मगर,ग्रामिण जनता माविका प्रधानाध्यापक टंक भुजेल,नेपाल पत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,सचिव हरी वहादुर लम्जेल,सदस्यहरु आषिश राई,कविराज घिमिरे,इश्वर थापा लगायत विभिन्न संघ संस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
कृषि ,पर्यटन र भौगोलिक संस्कृतिको सम्मान आर्थिक समृद्धी र विकास सागुरीगढी नाम्जे थुम्कीको पहिचान भन्ने नाराका साथ नाम्जे थुम्कीको पर्यटन प्रवद्धन गर्ने उदेश्यले महोत्सव संचालन गरिएको नाम्जे पर्यटन तथा संरक्षण समितिका अध्यक्ष दिलिप मगरले वताए ।