स्याङ्जा । भीरकोट नगरपालिका स्थित बयरघारी बजारमा रहेको आँधीखोला वित्तिय लघुवित्त संस्थाले हालसम्म १२ हजार ७ सय ३९ सदस्यलाई ५२ करोड बढी रकम लगानी गरेको जनाएको छ । दोस्रो साधरणसभामा संस्थाले १० जिल्लाका १९ शाखाबाट विना धितो सो रकम लगानी गरेको जनाएको हो ।
संस्थाले हाल सम्म निक्षेप परिचालनमा १५ करोड भन्दा बढी रहेको पनि जनाएको छ । भर्खर मात्रै सर्वसाधरणलाई शेयर निष्काशन गर्ने सम्झौता गरेको आँधीखोलाले २०७५-०७६ को बार्षिक प्रतिवेदन साधरणसभा मार्फत जानकारी दिएको छ । संस्थाका अध्यक्ष नरेश केसीले सर्वसाधरणका लागि शेयर निष्काशनका लागि एन.आई वि. एल एस क्यापिटल सगँ सम्झौता गरी प्रक्रिया अगाडी बढाएको जानकारी दिए ।
प्रतिवेदनमा नाफा, नोक्सान, वासलत तथा नगद प्रवाह विवरण सहित वित्तिय विवरणहरु, लेखा परिक्षकको नियुक्ति र राष्ट्र बैंकको लघुवित्त संस्थाहरु गाभिने प्रक्रिया अगाडी बढाए अनुरुप सबै अधिकार संचालक समितिलाई दिने गरी प्रस्ताव पास गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत डोलराज केसीले जानकारी दिए ।
वित्तिय संस्थालाई अझै प्रभावकारी र ग्रामिण क्षेत्रलाई लक्षित गरी शाखा विस्तार गर्ने केसीले बताए । ग्रामिण क्षेत्रका जनताको आर्य स्तर बढाउन संस्थाले अझै थप कार्ययोजना सहित अगाडी बढ्ने बताइएको छ । संस्थाको हाल अधिकृत पुँजी १५ करोड ,जारी पुँजी १० करोड र चुक्ता पुँजी ६ करोड रहेको छ । संस्थाले करिव ८० लाख मुनाफा आर्जन गर्न सफल भएको छ ।