arrow

काँग्रेस नेतृत्वको दौडमा को कहाँ ?

logo
जीवन भण्डारी :
प्रकाशित २०७२ फागुन २३ आइतबार
congres-Tin-neta.jpg.jpeg
नेपाली काँग्रेसको १३औ महाधिवेशनमा त्रिपक्षीय भिडन्त हुने भएको छ । सभापति सहित प्रमुख तीन पदका लागि उम्मेदवारी दिएका मध्ये तिन तिन जनाका विचमा प्रतिश्पर्धा देखिएको छ । कार्यवहाक सभापति रामचन्द्र पौडेल, बरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौला अहिले सभापतिको प्रतिश्पर्धामा उत्रिएका हुन् । 
 
पार्टीको उपसभापतिबाट कार्यवहाक सभापति भएका पौडेल अहिलेका सवै भन्दा बढी स्वभाविक उम्मेदवार मानिन्छन् । उनले पहिलो पटक १३औं महाधिवेशनको मिति तोकिएदेखि नै सभापतिमा उम्मेदवार बन्ने आशय व्यक्त गर्दै आएका थिए । महाधिवेशनको मिति पटक पटक सरेपनि उनले आफ्नो बचन भने सारेनन् । बरु थप बलियो बनाउदै लगे । त्यस बाहेक संस्थापन पक्ष तर्फका शिर्ष नेता नै उनै भएकाले उनको स्वतः उम्मेदवारी मानिन्छ । उनी लामो समयदेखि पार्टीलाई बैचारिक र सांगठनिक योगदान दिएका व्यक्ति पनि हुन् । पार्टीका शिर्ष नेताहरु मध्ये उनी सवै भन्दा बढी स्वच्छ, सक्रिय र इमान्दार नेताका रुपमा चिनिन्छन । पौडेल पार्टी सभापति हुनु पर्दछ भन्ने पक्षमा रहेका काभ्रे काँग्रेसका सभापति मधु आचार्य उनलाई निश्कलंकीत, विचारशील, कामले कार्यकर्ताका विचमा भिज्ने, विचार र वोली दुवै चलाउन सक्ने नेताका रुपमा चित्रण गर्दछन् । 
 
पार्टीमा लामो समयदेखि बैकल्पीक धारको नेतृत्व गर्दै आईुरहेको बरिष्ठ नेता देउवा पनि पार्टीको मुल नेतृत्व नै हाक्ने लालसाका साथ लामो समयदेखि प्रतिक्षारत रहेको देखिन्छ । यसअघिका निर्वाचनमा पनि उनले बैकल्पीक धारको तर्फबाट सभापतिमा उम्मेदवारी दिदै अएका थिए । यस पटक पनि बैकल्पीक धारको तर्फबाट उनी निर्विकल्प, स्वभाविक र पुर्वघोषित उम्मेदवार देखिएका छन् । तिन पटक मुलुकको प्रधानमन्त्री भईसकेको व्यक्तिमा पार्टी हाक्ने नेतृत्व क्षमता अरुमा भन्दा बढी छ भन्ने देउवा र उनी पक्षीय नेताहरुको दावी छ । पार्टीमा उचित अवसर नपाएकाले नै उनले बैकल्पीक धार बनाउनु परेको बताउदै देउवा पक्षका नेता रामहरि खतिवडाले उनलाई नेतृत्व दिएमा मात्रै पार्टीमा बैकल्पीक धारको अन्त्य हुने र अवसर नपाएका नेताहरुको सम्मान हुने तर्क गर्दछन् । “परिक्रमा गर्नेलाई होईन, परिश्रम गर्नेलाई पार्टीको जिम्मेवारीमा ल्याउनु आवश्यक छ”, खतिवडा भन्छन् । 
 
काँग्रेसको सभापतिका अर्का आकांक्षी सिटौला अहिले पार्टीको नयाँपुस्ताका अव्वल नेता मानिन्छन् । पार्टीको संगठन, शान्ति प्रक्रिया र संविधान निर्माण जस्ता महत्वपुर्ण कामका लागि यस कार्यकालमा उनी सधै अग्रपंतीमा रहेका छन् । संविधान सभाको संविधान मस्यौदा समितिको सभापतिका रुपमा र शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउन सहजकर्ताको रुपमा उनले खेलेको भुमीकाको पार्टी भित्रकाले भन्दा बाहिरकाले बढी प्रशंसा गर्ने गरेका छन् । यी सवै कारणले उनी आफुलाई हरेक राजनितिक जिम्मेवारी कुशलतापुर्वक पुरा गरेकाले अवको पार्टीको नेतृत्व पनि आफुले पाउनु पर्ने दावीका साथ मैदानमा उत्रिएका हुन् । संस्थापन पक्षकै अर्का उम्मेदवार पौडेललाई गाह्रो पार्नेगरी मैदानमा उत्रिएका सिटौलालाई देउवा पक्षलाई सघाउन उम्मेदवारी दिएको आरोप पौडेल पक्षीय नेताहरुले लगाउने गरेका छन् । तर संस्थान पक्षलाई अप्ट्यारो परेर देउवा पक्षले जितोस भन्ने चाहना भने आफुहरुको पटक्कै नभएको सिटौला निकटका नेता रमण थापाले दावी गरे । उनले संस्थापन पक्ष सहित सिङगो पार्टीलाई नै बलियो बनाउन सिटौलाको उम्मेवारी आएको तर्क गरे । 
 
आकांक्षीहरु मध्ये कसको दावी सही ठहरिने हो भन्ने पुष्टी हुन भने राति अवेर सम्म कुर्नै पर्छ । 



नयाँ