- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अन्तराष्ट्रिय मिडियाहरुमा झण्डै दुई वर्ष अघि चलेको स्वीस बैंक सम्बन्धि चर्चा अहिले नेपालमा पनि सुरु भएको छ । खोज पत्रकारिता केन्द्रले अन्तराष्ट्रिय खोज पत्रकारिता सम्बन्धी संस्थाहरुसँगको सहकार्यमा स्वीस बैंकमा कालोधन राख्ने नेपालीहरुको नाम सार्वजनिक गरेसँगै नेपालमा पनि स्वीस बैंकको चर्चा चुलिएको हो ।
स्वीट्जरल्याण्डको राष्ट्रिय बैंक हो स्वीस नेसनल बैंक । देशको बैंकको गोपनीयता सम्बन्धी कानून सन् १९३४ अनुसारले बैंकमा रहेको खाताबारे कसैलाई पनि विवरण दिन बैंक बाध्य नहुले प्रावधानका कारण नै विश्वभरको कालोधनको केन्द्र बनेको छ यो बैंक । ऐन बन्ने समयमा जर्मनी सहित यूरोपका कैयौं देशमा भयंकर मुद्रास्फीति तथा आर्थिक मन्दीका कारण धनी मानिसहरुले आफ्नो सम्पत्ति तटस्थ देश स्वीट्जरल्याण्डमा जम्मा गर्न सुरु गरे । त्यहाँबाट नै यो बैंक विस्तारै विस्तारै चर्चाको शिखर तर्फ अघि बढ्यो ।
सन् १९३४मा यो कानून लागु भएसँगै स्वीस बैंकले पनि संघीय बैंक नियन्त्रण आयोगद्वारा गर्ने निगरानीलाई स्वीकार्न बाध्यभयो । १ जनवरी २००९ देखि यो निगरानी अधिकार अहिले 'संघीय वित्तबजार निगरानी आयोग'को हातमा गएको छ । स्वीट्जरल्याण्डको कानून अनुसार यही एउटा आयोगले स्वीस बैंकबाट विवरण माग गर्न सक्दछ । त्यसमा पनि आयोगले गोपनीयता राख्ने शर्तमा मात्रै त्यो सूचना पाउँछ ।
आयोगको अधिकार क्षेत्र भनेको बैंकले सरकारी नियम र कानून अनुसार काम गरिरहेको छ या छैन यत्ति मात्र हो । विदेशी सरकारले प्रामाणिक रुपमा कुनै गुनासो आएपछि आयोगले नै कुनैपनि ग्राहकको बारेमा आधिकारिक जानकारी बैंकसँग माग्न सक्छ । तर, अदालत र केन्द्र सरकारको स्वीकृति विना आयोगले पनि कसैलाई पनि त्यो सूचना चुहाउन पाउँदैन ।
बैंक गोपनीयता कानून जुनसुकै देशमा पनि हुन्छ । तर, स्वीट्जरल्याण्डले यस्तो कानूनलाई केही विशेष बनाएको छ । त्यसैले यो देश नै धेरैको स्रोत नखुलेको सम्पत्ति तह लगाउने सुरक्षित स्थान बनेको छ । जबसम्म स्वीट्जरल्याण्डको कानूनले समेत अपराध ठहर्ने काम कुनै निक्षेपकर्ताले गरेको ठोस प्रमाण मिल्दैन । तबसम्म अन्यदेशका जस्ता सुकै वित्तीय अपराधीलाई पनि प्रहरीदेखि लिएर कर राजस्व विभाग, राष्ट्रिय बैंक तथा न्यायालय समेतले निक्षेपकर्ताको विवरण माग्न नसक्ने कानूनी व्यवस्था छ ।
बैंक गोपनीयता कानूनको दफा ४७ का अनुसार स्वीट्जरल्याण्डका जुनसुकै बैंकका जुनसुकै कर्मचारी, अधिकारी, बैंक तथा वित्तीय संस्थाहरु एजेन्ट र लेखा(परीक्षक सँगै स्वयं बैंक निगरानी आयोगका सदस्य र कर्मचारी समेत यो गोपनीयता राख्नको लागि बाध्य छन् ।
यस गोपनीयता उल्लंघन गर्नु यस्तो आधिकारिक अपराध हो कि यसको विरुद्ध कुनै मुद्दा नै नपरेपनि प्रहरी र न्यायिक निकायले तुरुन्त यसको कारबाही अघि बढाउन बाध्य हुनेछन् । गोपनीयता कानून उल्लंघन गर्ने माथि साढे २ लाख अमेरिकी डलर बराबरको आर्थिक जरिवाना तथा तीन वर्षसम्म जेल सजाय हुनेछ । यो जरिवाना पछि पनि बैंकलाई त्यो सूचनाले जति क्षति पुर् याएको छ त्यत्ति बराबरको भरपाई गराउने व्यवस्था समेत रहेको छ ।
बैंकले कसलाई दिनसक्छ जानकारी ?
बैंकले खातावाला व्यक्ति जीवित नरहेको खण्डमा उसले सबैभन्दा नजिकको हकदारको रुपमा उल्लेख गरेको व्यक्तिलाई मात्रै सम्पत्तिको बारेमा जानकारी दिईन्छ । यस्तो, पति या पत्नी जो सुकै होस् जोसँग अदालतबाट आफ्नो खाताको बारेमा जान्ने अधिकार छ भनेर जसले कागज ल्याउँदैन उसलाई सम्पत्तिको बारेमा विवरण दिन नसकिने त्यहाँको कानूनले नै उल्लेख गरेको छ ।
विदेशी लगानीकर्ताको हकमा यदि त्यहाँको कुनैपनि निक्षेपकर्ता ठूलो भ्रष्टाचारी, आतंकवादी, धोखाधडीअथवा कालेधन लुकाएको हो भनेर आएको निवेदनमा पनि स्वीस बैंकले त्यति सजिलै विवरण दिने गरेको छैन । पहिलो च स्वीस बैंकले स्वीट्जरल्याण्ड सरकारमार्फत् कूटनीतिक रुपमा आएका बाहेक अरु निवेदनको आधारमा निक्षेपकर्ताको विवरण नै दिँदैन । स्वीस सरकारले पनि आवश्यक ठहर गरी आवश्यक पत्राचार गरेपछि स्वीट्जरल्याण्डको सर्वाेच्च अदालतका पत्र पछि मात्रै बैंकले निक्षेपकर्ताको विवरण दिने गर्दछ । त्यसको लागि स्वीस अदालतले समेत निक्षेपकर्ताको यस अघिको भ्रष्टाचार, आतंकवाद जस्ता ठोस प्रमाणका साथ नै पेश हुनु पर्ने छ ।
कालो धनको विषयमा सन् १९९८ बाट एक नयाँ कानून जारी भएको छ । सो कानून अनुसार जो कोही माथि पनि बैंकले कालो धन ल्याएको आशंका लाग्छ । यस बारेमा उसले बैंक निगरानी आयोगलाई जानकारी दिन सक्नेछ । बाँकी छानविन सोही आयोगले गर्ने छ ।
कसरी जम्मा हुन्छ पैसा ?
माथि उल्लेख भएका कुरा किन स्वीस बैंक नै रोज्छन् भन्ने सवाल भयो । दोस्रो सवाल कसरी पुग्छ स्वीस बैंकमा नै पैसा ? १८ वर्ष उमेर कटेका विश्वका जुनसुकै देशका नागरिकहरुले पनि स्वीस बैंकमा खाता खोल्न सक्दछन् । तर, जम्मा गर्न लागेको पैसा गैरकानूनी हो वा त्यो कालो धन हो भन्ने बैंकलाई शंका लाग्यो भने बैंकले उनीहरुको आवेदन खारेज समेत गर्न सक्दछ ।
बिजनेस स्ट्याण्डर्डका अनुसार स्विट्जरल्याण्डमा करीब ४०० बैंकहरु छन् । जसमा यूबीएस तथा क्रेडिस सुइस ग्रुप सबैभन्दा ठूलो बैंक हो । यी बैंकको कूल कारोबार त्यहाँ रहेका बाँकी सबैं बैंकको कारोबारको योगको आधा भन्दा बढी छ । यी बैंकहरुमा एउटा नम्बर्ड एकाउन्ट नामक खाता हुन्छ । त्यो खाता सबैभन्दा गोप्य खाता हो । यो खातामा नाम अनुसार केही पनि जानकारी लिन सकिँदैन । यसमा नम्बरको आधारमा मात्रै सबै विवरणहरु हेर्न सकिन्छ ।
यो एकाउन्टमा खाता खोल्ने व्यक्तिहरुले क्रेडिट तथा डेविट कार्ड प्राय लिने गरेका छैनन् । यसको अलावा यदि दातावाला ले आफ्नो खाता बन्द गराउन चाह्यो भने पनि कुनै शुल्क र झण्झट विना नै खाता बन्द गराउन सक्ने व्यवस्था रहेको छ ।
विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमहरुको सहयोगमा