शनिवार दोस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन 'कनेक्ट इन' काठमाडौंमा
प्रकाशित २०७५ माघ ४ शुक्रबार
753
Shares
काठमाडौं। विजनेस इन्नोभेसनसँगको सहकार्यमा भारतीय दूतावासले माघ ५ गते शनिवार दोस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन गर्ने भएको छ। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमालको प्रमुख आतिथ्यतामा कार्यक्रम हुन गइरहेको हो। सम्मेलनले नेपाल तथा भारतका थुप्रै उद्यमीहरु, लगानीकर्ताहरु, प्रवर्दकहरु, व्यवसायीक सल्लाहकारहरुको ध्यान आकृष्ट गर्ने आयोजकको विश्वास छ। भारतबाट पाँचजना र नेपालबाट पन्ध्र जना भन्दा बढी प्रमुख कार्यकारी अधिकृतहरु/लगानीकर्ताहरुले सहभागीहरुलाई सम्बोधन गर्नेछन्।
वक्ताहरुमा भारतबाट ट्रान्स एसिया भेन्चर एण्ड यू फर्स्ट भेन्चरका संस्थापक विक्रान्त गुजनानी, ओयो भारत तथा दक्षिण एशियाका प्रमुख कार्यकारी निर्देशक आदित्य घोष, उद्यम कल्याणकारीका वरुण सर्राफ र व्लीङक भेन्चरकी प्रबन्धक थ्रीजा दोउ लगाएतले कार्यपत्र प्रस्तुत गर्नेछन्।
त्यस्तै नेपालबाट प्रिज्म एड्भरटाइजीङ्गका प्रमुख कार्यकारी निर्देशक रञ्जित आचार्य, आइएमइ ग्रुपका सहसंस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकाल, किंग्स कलेजका कार्यकारी निर्देशक नरोत्तम आचार्य, सुष्मिता ग्रुपका प्रमुख कार्यकारी निर्देशक सुशील पोखरेल, विहानी सामाजीक भेन्चरकी संस्थापक सन्तोषी राना, कारोबार दैनिकका सम्पादक कुबेर चालिसे र प्रधानमन्त्रीका प्राविधिक सल्लाहकार असगर अलीले कार्यपत्र प्रस्तुत गर्ने छन्।
काठमाडौं, पोखरा, विरगंज, चितवन र विराटनगर लगायतका सहरहरुमा गरिएका कार्यक्रमहरु, चार महिने अभियान, दशवटा कलेज स्तरीय गतिविधिहरु तथा ३० दिने प्रशिक्षणहरुको माध्यमबाट भारतीय दूतावास र क्लोक वी पाँचलाख उद्यमशील व्यक्तिहरुसम्म पुग्न सफल भएको छ।
समग्रमा १५ सय जना उद्यमीहरुले यस सम्मेलनका लागी नाम दर्ता गराएका थिए जसमध्ये ६सय जना छानिएका हुन्। यसमध्ये एयरलिफ्ट टेक्नोलोजी, मेकर भ्याली, अफरिङ ह्यापीनेस, वाकम्यान ग्रीनक्वाइन्स र स्वदेशी इन्नोभेसन्स तथा भारतबाट अनस्कूल फ्रम इन्डिया गरी ६ वटा संस्थाहरुले आफ्ना नव व्यवसायिक सुरुआतबारे प्रस्तुती गर्नेछन्।