काठमाडौं । केहीदिन अघि दि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस (आईसीआईजे) को सहकार्यमा खोज पत्रकार केन्द्र (सिआईजे)ले सार्वजनिक गरेको नेपाललिक्स नामक रिपोर्टमा आफूबारे उल्लेख गरिएको विषयमा सौरभ ग्रुपले खण्डन गरेको छ ।
ग्रुपले काठमाडौंमा पत्रकार सम्मेलन गरी सो रिपोर्टको खण्डन गरेको हो । न्यौपाने समूहको पचास प्रतिशतभन्दा बढी लगानीभएको यस सम्बन्धमा सौरभ ग्रुपले शंकर गूपमा आफूहरुको कुनै पनि समूहगत लगानी नभएको दाबी गरेको छ । ग्रुपले गुट्का, साबुन, सुपारी जस्ता उत्पादनसंग सम्बिन्धित कुनै पनि उद्योग तथा आयात निर्यात कारोबार नगरेको समेत दाबी गरेको छ ।
पत्रकार सम्मेलन पछि जारी विज्ञप्तीमा ग्लोबल टेक्नोलोजी एण्ड ट्रेडमार्क लिमिटेड भन्ने कंम्पनीसँग सौरभ ग्रुपको कारोबार रहेको भन्ने विषयलाई खण्डन गर्दै सौरभ ग्रुपको सो कम्पनीसँग कुनै पनि लगानी, कारोबार, चिनजान र सम्पर्क समेत हालसम्म नभएको जिकिर समेत गरिएको छ ।
हाल सौरभ ग्रुपका कम्पनीहरु मध्ये कुनै पनि उद्योगमा बैध अबैध बिदेशीलगानी नरहेको र ग्रुपका अध्यक्ष बिष्णुप्रसाद न्यौपानेले ट्याक्स हेभन मुलुक ब्रिटिश भर्जिन आइल्याण्ड, यूएई वा अन्य बैध अबैध कुनै बिदेशी लगानी नल्याएको जिकिर पनि ग्रुपको छ । तर यस ग्रुप अन्तर्गतको सर्बोत्तम सिमेन्ट प्रालिमा हङ्घकङ्घ स्थित कृष्णा होल्डिङ्घस लिमिटेडको ३८५ शेयर रहेकोमा सो कम्पनीले आफ्नो स्वामित्वमा रहेको सम्पूर्ण शेयर अन्य नेपाली नागरिकलाई बिक्रि गरी आफ्नो लगानी समेत फिर्ता लगिसकेको पनि ग्रुपको दाबी छ ।
‘
'शुभश्री जगदम्बाको सिमेन्ट मिल्स प्रा लिको हकमा ब्याजखर्च, मर्मत सम्भार खर्च र ह्रासकट्टिलाई लेखा सिद्धान्त र प्रचलित कानुनको आधारमा विभागीय पुनरावलोकन नहुँदा कर फर्छ्यौट आयोगबाट फछ्र्योट भएको जानकारी गराउदछौं ।’ पत्रकार सम्मेलनको क्रममा अध्यक्ष न्यौपानेले भने ‘लक्ष्मीसिमेन्ट प्रा लि, केपि सिमेन्ट प्रालि, घोराही सिमेन्ट प्रालिसँग यस ग्रुपको कुनैपनि सञ्चालकहरुको काहिँकतै सम्बन्ध नरहेको र उल्लेखित उद्योगहरु उल्टै यस ग्रुपका सिमेन्ट उद्योगका प्रतिस्पर्धी उद्योग रहेको जानकारी पनि गराउँदछौं।‘
ठिमि स्थित १७ तले भवनमा काहीँ कतै बैध अबैध बिदेशी लगानी नै नरहेको र उक्त भवनको अगाडिको ५ तला ठिमि नगरपालिकाबाट पास भएको र पछाडिको १७ तला भवन पहिला नै नगर विकासबाट आवाशीय भवनको लागि योजना स्वीकृति लिइएको पनि ग्रुपले दाबी गरेको छ । हाल आवाशीय भवनको सट्टा होटल भवनको लागि स्विकृती लिन भक्तपुर नगर विकास तथा ठिमी नगरपालिकामा यसै आबमा निवेदन दिईएको र सो को बिषयमा निर्णय हुने प्रकृयामा नै रहेको पनि ग्रुपले जनाएको छ ।