काठमाडौं । कारोबार सुरु भएको दिनदेखि नै निरन्तर बढ्दै गएको अपर तामाकोशीको सेयर मूल्य आईतबार घटेको छ । निरन्तर ५ दिनसम्म उकालो लागेको अपर तामाकोशीको सेयर मूल्यउ आईतबार बजार बन्द हुने समयसम्म आईपुग्दा ६ प्रतिशतले घटेर २ सय ९२ मा सीमित भएको छ ।
गत पुष २९ गतेदेखि कारोबार सुरु भएको यो संस्थाको सेयर निरन्तर बढ्दै गएको थियो । आईतबार पनि यो संस्थाको सेयर मूल्य २ सय २६ रुपैयाँ प्रतिकित्ताबाट सुरु भएकोमा ३ सय ४२ रुपैयाँ प्रतिकित्तामा पुगेको थियो । तर, नेप्सेमा प्राविधिक समस्या आएपछि १५ मिनेटको लागि कारोबार बन्द भएपछि भने यो कम्पनीको सेय माथि जान सकेन । अन्तमा बन्द हुने समयमा ६ प्रतिशतले घटेर बन्द भएको हो ।
समग्रमा पनि नेप्से ८ अंकले घटेको छ । कुल १४३ कम्पनीको ३६ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको आईतबार बजार ११ सय ७९।१७ अंकमा झरेको छ ।