बेञ्चबाट आएर गोल गर्दै जिताए मेस्सीले बार्सिलोनालाई
प्रकाशित २०७५ माघ ७ सोमबार
349
Shares
काठमाडौं । स्पेनिश लिग ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाको जितको यात्रा जारी छ । आइतबार रातिको खेलमा बार्सिलोनाले घरेलु मैदानमा लेगानेसलाई ३–१ ले पराजित गरेको गर्यो ।
बार्सिलोनाको जितमा ओस्माने डेम्बेले, लुइस स्वारेज र लियोनल मेस्सीले १–१ गोल गरे।
३२ औं मिनेटमा डेम्बेलेले अग्रता दिलाए। पहिलो हाफमा पछि परेको भ्रमणकारी टोलीका लागि मार्टिन ब्राइथवेटले ५७ औं मिनेटमा बराबरी गोल फर्काए ।
७१ औं मिनेटमा स्वारेजले गोल गर्दै पुनः बार्सिलोनालाई अग्रता दिन सफल भए ।
६४ औं मिनेटमा कार्लेस एलेनाको स्थानमा मैदान प्रवेश गरेका कप्तान लियोनल मेस्सीले इन्जुरी समयमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे।
बार्सिलोनाले जितसंगै अंक तालिकामा ५ अंकको अग्रता बनाएको छ । २० खेलबाट बार्सिलोनाको ४६ अंक छ भने दोस्रो स्थानको एथलेटिको मड्रिडको ४१ अंक र तेस्रो स्थानको रियाल मड्रिडको ३६ अंक रहेको छ ।
आइतबार रातिका अन्य खेलको नतिजा यस्तो छ –
रियाल बेटिस ३–२ गिरोना
भिल्लारियल १–१ एथलेटिक बिलबाओ
रायो भाएकानो २–२ रियाल सोसिडाड
लेभान्ते २–० रियाल भल्लाडोलिड