काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर सटहीको लागि अनिवार्य रुपमा प्यान नम्बर लिनुपर्ने व्यवस्था गरेको छ । आईतबार राष्ट्र बैंकको विदेशी विनिमय विभागले जारी गरेको परिपत्र अनुसार विदेशमा अध्ययन, भ्रमण लगायतका कामको लागि ५ हजार अमेरिकी डलर भन्दा बढी सटहीको लागि अनिवार्य रुपमा प्यान नम्बर लिनुपर्ने व्यवस्था गरिएको हो ।
बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाद्वारा जारी परिपत्रमा शिक्षा, आप्रवासन, स्वास्थ्य लगायतका प्रयोजनको लागि अमेरिकी डलर ५ हजार भन्दा बढीको परिवत्र्य विदेशी मुद्रा माग गर्ने नेपालीसँग अनिवार्य रुपमा स्थायी लखा नम्बर हुनु पर्ने उल्लेख गरिएको छ ।
साथै बैंकले स्थायी लेखा नम्बर उपरोक्त प्रयोजनलागि सटही सुविधा माग गर्ने व्यक्ति वा निजको एकाघर परिवारको सदस्य मध्ये आमा बुबा कसैको प्यान नम्बर पेश गरेर पनि सोमात्रामा मूल्य सटही गर्न सकिने बताईएको छ ।
साथै, बैंकले ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी, कार्गाे कुरियर, होटल लगायतका संस्थाहरुले विदेशबाट फर्किँदा लिनुपर्ने रकम विदेशी मुद्रा कारोबार भएको १५ दिन भित्र देशभित्र अनिवार्य रुपमा ल्याईसक्नुपर्ने नियम पनि ल्याएको छ ।
आईतबार नै नेपाल राष्ट्र बैंकले १०० भन्दा माथिका नोटहरु कारोबार र ओसार पसारमा समेत प्रतिबन्ध लगाएको छ । आईतबार जारी गरेको एक परिपत्रमा भारतीय रुपैयाँ २००, ५०० र २००० को नोटको कारोबार, ओसारपसार र साथमा राख्न समेत नपाउने व्यवस्था गरेको हो ।
भारतीय रिजर्भ बैंकले नेपाल राष्ट्र बैंकसँग १०० भन्दा माथिका नोटहरु सटही नगर्ने निर्णय गरेपछि मंसिर २४ गते बसेको मन्त्रिपरिषद बैठकले २ सय, ५ सय र २ हजार दरका भारतीय नोटको कारोबारमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
त्यसयता पनि राष्ट्र बैंकले भारतीय रिजर्भ बैंकसँग पटक पटक यस विषयमा छलफल गरेको भएपनि आरविआईले त्यो प्रतिबन्ध नहटाएपछि नेपाल राष्ट्र बैंकले पनि विहीबार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गरि यस्तो ठूला नोटका भारु प्रतिबन्ध लगाउन भनेको हो ।
राष्ट्र बैंकको विदेशी विनिमय विभागका प्रमुख भिष्मराज ढुंगानाले जारी गरेको परिपत्रमा एकीकृत इ।प्रा। परिपत्र १र२०७४ को बुँदा १।१ अन्तर्गत १।११।६ को खण्ड क संशोधन गरी त्यस्तो व्यवस्था गर्दै यस्तो व्यवस्था गरेको जनाएको हो । सो नियम अनुसार २००, ५०० र २००० दरका नोटहरु नेपालमा अवैध हुने ठहर गरेको हो ।