arrow

२६ जनाको हातमा विश्वका आधा जनसंख्याको सम्पत्ति

दैनिक २ अर्ब ५० करोड डलर कमाउँछन् विश्वका अर्बपतिहरु

logo
प्रकाशित २०७५ माघ ७ सोमबार
richest-pepole.png

काठमाडौं । विश्वका अर्बपतिहरुले दैनिक २ अर्ब ५० करोड डलर कमाउने गरेको एक प्रतिवेदनले देखाएको छ । जबकी विश्वको आधा गरिब जनसंख्याको औसत सम्पत्ति भने घट्दै गएको छ ।  विश्वका अर्बपतिको संख्या २ हजार २ सय ८ जना पुगेको छ । सोमबार सार्वजनिक भएको अक्सफामको प्रतिवेदन अनुसार एक दशकअघिको विश्वको वित्तीय संकटपछि अर्बपतिको संख्या झण्डै दोब्बर बनेको हो ।

स्विट्जरल्याण्डको डेभोसमा हुन गइरहेको विश्व आर्थिक फोरमअघि यस किसिमको वार्षिक प्रतिवेदन सार्वजनिक भएको हो । प्रतिवेदनमा धनी र गरिबबीचको आर्थिक असमानता बढ्दो क्रममा रहेको देखिएको छ ।  विश्वका सबैभन्दा धनी २६ मानिसहरुको सम्पत्ति गत वर्ष १४ खर्ब डलर पुगेको थियो । यो सम्पत्ति गरिब ३ अर्ब ८० करोड मानिसको सम्पत्तिबराबर हो ।

अत्यधिक सम्पत्ति भएका धनी मानिसहरुमा धेरैजसो अमेरिकी रहेका छन् । फोर्ब्सका अनुसार एमजनका जेफ बेजोस, माइक्रोसफ्टका बिल गेट्स, बक्सायर हाथवेका वारेन बफेट र फेसबुकका मार्क जुकरवर्गको संयुक्त सम्पत्ति ३ खर्ब ५७ अर्ब डलर छ ।

अक्सफामको प्रतिवेदनमा मुलुकहरुलाई आर्थिक असमानता कम गर्न करको नीतिमा परिवर्तनको लागि सुझाव दिएको छ । अक्सफामले सार्वजनिक सेवाको क्षेत्र, शिक्षा स्वास्थ्यलगायतका क्षेत्रमा लगानीको लागि पनि विभिन्न मुलुकहरुलाई सुझाव दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ