arrow

रोनाल्डोले कर छलेको प्रमाणित, २३ महिनाको जेल सजाय

logo
प्रकाशित २०७५ माघ ८ मंगलबार
cristiano-ronaldo.jpg

काठमाडौं। फुटबल स्टार क्रिष्टियानो रोनाल्डोले १९ मिलियन युरो कर छली गरेको आरोप स्विकार गरेका छन्। उनलाई २३ महिनाको जेल सजाय तोकिएको छ।

रियाल मड्रिडबाट खेल्ने क्रममा सन् २०१०-२०१४ बिचमा उक्त कर छली गरेको आरोप उनी माथि मड्रिडको अदालतमा लगाईएको थियो। उक्त अदालतले रोनाल्डोलाई सजाय सुनाएको थियो।

हाल ईटालीको क्लब युभेन्टसबाट खेलिरहेका रोनाल्डोले करिब १९ मिलियन युरो जरिवाना बुझाउन सहमती दिएका छन्।

स्पेनको कानुनले २४ महिना भन्दा कम अवधिको जेल सजायमा जेल जान नपर्ने उल्लेख रहेको छ। यसअघि बार्साका खेलाडी मेस्सी पनि कर छलीमा परिसकेका छन्। उनले पनि २२ महिनाको जेल सजाय पाएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ