विवादरहित बन्न नसकेको डाभोस सम्मेलन : किन महत्वपूर्ण, किन विरोध ?
अश्रु किरण,
प्रकाशित २०७५ माघ ९ बुधबार
773
Shares
काठमाडौं । राजधानी वर्नमा सामान्य विरोधकाबीच सुरु भएको विश्व आर्थिक संगठनको ४९ औं बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागिता जनाएका छन् । स्वीट्जरल्याण्डमा भएको यो सम्मेलन मार्फत् प्रधानमन्त्री ओलीले विश्व समुदायलाई नेपालमा लगानी गर्नको लागि आग्रह गरेका छन् ।
यो एक वार्षिक सम्मेलन हो भने यसमा २०१९ मा मात्रै विभिन्न १३० देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको सहभागिता रहेको छ । विश्वको ठूला ठूला पुँजीवादी व्यक्तिहरुको आउने यो सम्मेलनमा उभिएर नेपालमा लगानीको लागि आग्रह गर्नु अवश्य पनि नेपालको लागि पनि एउटा अवसरको विषय हो ।
अहिलेसम्म यो सम्मेलनमा छिमेकी मुलुक भारतबाट पनि दुई वटा प्रधानमन्त्रीहरु उपस्थित भईसकेका छन् । यस पटक २२ जनवरीदेखि स्विटजरल्याण्डको डाबोेस शहरमा सुरु भएको हो । यो सम्मेलनमा भारतीय तत्कालीन प्रधानमन्त्री एच डी देवगौडाले १९९७ मा सहभागिता जनाएका थिए भने अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यसमा सहभागिता जनाएका छन् ।
के हो डावोस सम्मेलन ?
यो सम्मेलन विश्वका ठूला ठूला राष्ट्र तथा सरकारप्रमुखसँगै विश्वका ठूलाठूला व्यापारी, उद्योगपति तथा अर्थशास्त्रीहरुको उपस्थित हुने गर्दछन् । यसमा राजनीतिक र आर्थिक सेसन त भिन्दा भिन्दै हुन्छ । तर, त्यहाँ उपस्थित भएका व्यापारीहरुलाई समेत साथमा राखेर नेपालमा लगानीको सम्मेलनको बारेमा सुनाउने अवसर हो यो ।
डावोस स्विट्जरल्याण्डको सुन्दर शहरहरु मध्येको एक हो । जुन ल्याण्ड वासर नदीको तटमा रहेको छ । यो शहर स्विस आल्प्स पर्वत तथा अल्बूला श्रृङ्खलाबाट घेरिएको छ । यस शहरको जनसंख्या केवल ११ हजार मात्रै रहेको छ । यो शहर यूरोपका शहरहरुमध्ये सबैभन्दा उचाइमा रहेको शहर हो । डावोसमा हरेक वर्ष विश्व आर्थिक मञ्चको वार्षिक बैठक हुन्छ । यसमा त्यो देशले मात्रै सहभागिता पाउने छ जुन देशलाई सो संस्थाले निमन्त्रणापत्र पठाएको हुन्छ ।
यसमा वार्षिक झण्डै २५०० जनाले हिस्सा लिने गरेका छन् । डावोस सम्मेलनलाई प्रवुद्ध वर्गहरुको सम्मेलनको रुपमा पनि लिने गरिएको छ । डावोसमा सरकारी तथा गैर(सरकारी व्यक्ति तथा संगठन एक साथ मिलेर वैश्विक विकासका लागि निर्णय लिने गरेका छन् । हरेक वर्षको अन्त्यमा यहाँ नै स्पेङ्लर कप आइस हकी प्रतियोगिता समेत गर्ने गरिएको छ ।
विश्व आर्थिक मञ्च एक गैर(सरकारी संस्था हो । जसको स्थापना सन् १९९१ मा भएको थियो भने यसको मुख्यालय स्वीट्जरल्याण्डको जेनेभामा रहेको छ । स्विस अधिकारिहरुद्वारा यस अन्तराष्ट्रिय संस्थाको रुपमा यो संस्थालाई मान्यता दिईएको छ । यो संस्थाको मिसन भनेको नै विश्वको व्यवसाय, राजनीति, शैक्षिक तथा अन्य क्षेत्रमा अग्रणी व्यक्तिहरुलाई एउटै मञ्चमा राखेर वैश्विक, क्षेत्रीय र औद्योगिक विकासलाई प्राथमिकता दिनु हो ।
विरोध पनि त्यस्तै
त्यसो त विश्व आर्थिक मञ्चको यो सम्मेलन निर्विरोधित भने छैन । स्वयं स्वीट्जरल्याण्डमा समेत पूँजिवादी अर्थतन्त्रले धनीहरुको मात्र न्याय गरेको र हुनेखाने ठूलाहरुले रमाइलो गर्ने क्लब जस्तो यो फोरमले धनीहरुलाई झन् धनी बनाउने, गरिबहरुलाई झन् गरिब बनाउने रणनीति लिएको आरोप सहित प्रदर्शन समेत हुने गरेको छ । यो वर्ष पनि राजधानी वर्नमा संसारभरका न्यायप्रेमीहरुको नाममा विरोध प्रदर्शन भएको छ ।
यो सम्मेलनलाई विश्वको पुँजीवादी सम्मेलन पनि भन्ने गरिएको छ । यो संस्था विश्वमा चौथो औद्योगिक क्रान्तिको आवश्यकताबारे बहस गर्छ । यो सालको बैठकको योजना पनि यही विषयबारेको छलफलमा केन्द्रित रहेको छ । स्विस प्रहरीले यसको विरोधमा प्रदर्शन गर्न निषेध गरेको भएपनि वर्न सहित जेनेभा, लुजान र जुरिचमा पनि यस्तै जुलुसहरु शनिबार निकालिएका थिए ।
यो वर्ष यस बाहेक पनि साइबर सुरक्षा, आर्टिफिसियल इन्टलिजेन्स ९एआई० जस्ता प्रविधिका कुराहरू,को विषयमा गम्भीर छलफल भएको विश्व आर्थिक मञ्चले जनाएको छ ।