arrow

बिश्वमा परमाणुको उपयोगसंगै दुरुपयोग बढ्दै, बिर्सजनमा चुनौति थपिदै

नेपाल कतातिर ?

logo
प्रकाशित २०७५ माघ ९ बुधबार
nuclear-energy.jpg

काठमाडौं। परमाणु बिज्ञान तथा प्रबिधि जसलाई न्युक्लियर साइन्स एण्ड टेक्नोलोजी भनिन्छ। जसको प्रयोगबाट बिश्वमा ७ लाख मेघावाट बिजुली उत्पादन हुदोरहेछ। बिश्वमा बिजुली उत्पादन गर्ने आणबिक भट्टीहरु ४ सय ५८ वटा छन। यी आणबिक भट्टीहरु ३१ वटा देशहरुमा बनेका छन। छिमेकी राष्ट्र भारत , चीन र पाकिस्तानमा समेत पारमाणबिक भट्टी छन। एशियाका जापान, इरान, कोरीया संग पनि यस्ता भट्टीका आधारशिला छन। 

भारतसंग मात्रै २२ वटा पारमाणबिक  भट्टी छन भने चीनसंग ४६ र पाकिस्तानसंग ५ वटा भट्टी रहेछन। भुगोलका हिसाबले ससाना मुलुक नेदरल्याण्ड, हंगेरी, स्विजरल्याण्ड लगायतका मुलुकमा पनि यस्तो प्रबिधि र सुबिधा रहेछन। युएसएमा सबैभन्दा बढी यस्तो ९८ वटा पारमाणबिक भट्टी रहेछन। त्यहा ९९ हजार ३ सय ३३ मेघावाट बिजुली उत्पादन हुदो रहेछ। फ्रान्समा ५८ वटा भट्टी जसले   ६३ हजार १ सय ३० मेघावाट बिजुली उत्पादन गर्ने रहेछ।  

रेडियोधर्मी बिकिरणको आबिष्कार 
पारमाणबिकको स्रोत भन्नाले युरेनियम र प्रोट्रोनियम हो। यसलाई रेडियोधर्मी तत्व बिकीरण भनिन्छ। यी तत्वहरु जसले उर्जा निकाल्छ। यी बाहेक रेडियमले पनि रेडियोधर्मी बिकिरण निकाल्छ। यसको प्रयोग स्वास्थ्य क्षेत्रमा बढि भइरहेको छ। एक्सरे को आबिष्कार एक सय २५ बर्ष पहिले सन् १८९५ मा भएको हो। सन् १८९८ मा रेडिएम रनजेम्प नोबेल पुरस्कारका पहिलो बिजेता थिए। 

सन १९०३ मा रेडियम पत्ता लगाउने पिएर क्युरी र उनलाई साथ दिने म्याडम क्युरी दुवैलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो। पिएर क्युरी र म्याडम क्युरी (मेरी स्क्लोदोव्स्का) दम्पत्तिले रेडियम पत्ता लगाएका थिए। रेडियोधर्मी किरणका लागि स्विडेनस्थित नोबेल एकेडेमीले सन् १९०३ मा हेनरी बेक्विरल र क्युरी दम्पतीलाई संयुक्त रूपमा भौतिकशास्त्रमा नोबेल पुरस्कारले सम्मान गर्यो। मेरी क्युरी भौतिकशास्त्रमा विद्यावारिधी गर्ने पहिलो महिला पनि भइन्।  

स्वास्थ्य क्षेत्रमा यसको प्रयोग र बिर्सजनमा चुनौति थपिदै
रेडियमको आबिष्कार भएपछि स्वास्थ्य क्षेत्रमा यसको प्रयोग भएको पनि दशकौ भइसक्यो। रेडियमको आबिष्कार भएपछि लाखौ मानिसले  यसको सेवाबाट क्यान्सरको उपचार पाएका छन। अझ एक्सरेवाट झन करोडौ मानिसले सेवा लिएर रोग निदान गरेका छन। सि टि स्क्यानमा पनि रेडियोधर्मी पर्दाथ आबश्यक हुन्छ। जसमा आयोडिन बेरियम र ग्यालोलिनियम लगायतका तत्व प्रयोग हुने न्युक्लिएर बैज्ञानिक डा कमलकृष्ण श्रेष्ठले बताए। यी सबै रेडियोधर्मी बिकिरण पैदा गर्ने तत्वहरु हुन। यसले शरिरका रोग निदानका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको हुन्छ।

यसको प्रयोग पछि बिर्संजनमा साबधानी अपनाइएन भने मानिसलाई मात्र नभई जिबजन्तु बोटबिरुवा र वरपरका वाताबरणमै खतरा निम्त्याउछ। अर्बुद रोग निवारणका लागि कोबाल्ट को प्रयोग हुन्छ। कोबाल्टले गामा किरणहरु पैदा गर्छ जुन हानीकारक हुन्छ। वास्तबमा यो घातक नै किरण हो। रेडियो थेरापीमा प्रयोग हुने कोबाल्ट ६० हो। कोबाल्टको आधा जिवन हुन्छ भनेर बैज्ञानकिहरुले भन्छन। यसको अबधि ५.२६ बर्षमात्र हुन्छ भनिन्छ यो अबधिमा यो बिस्तारै नाश भएर जानेहुन्छ।

यो नष्ट भएर जाने क्रममा पनि यसले हानीकारक बिकिरणहरु फालिनै रहन्छ। यसको सही तरीकाले बिसर्जन गरिएन भने नष्ट भएर जाने क्रममा पनि बिकिरण पैदा भइनैरहन्छ। यस्तो अबस्थामा यसले मानवसंगै  जिबजन्तु, बोटबिरुवा र वातावरणमा असर पुरयाउछ। त्यसैले यसको व्यवस्थापनमा निकै चुनौति छ। यसको उपयोग धेरै भएपनि बिर्सजनमा पनि चुनौति थपिदै छ। पारमाणबिक बिज्ञान प्रबिधिको प्रयोग  मानव जिवनका लागि अत्यन्तै आवश्यक संगै खतरा पनि त्यतिकै छ। 

पारमाणबिक उर्जा सम्बन्धि बिधेयक
नेपाल सरकारले राष्ट्रिय सुरक्षाका हिसाबले पारमाणबिक उर्जा सम्बन्धि बिधेयक पनि ल्याउदैछ। नेपाललाई पारमाणबिक  राष्ट्र बनाउने सम्बन्धि बिधेयक प्रतिनिधिसभामा छलफलको क्रममै छ। परमाणु बिज्ञान तथा प्रबिधि को शान्तिपुर्ण तथा सुरक्षित उपयोग गरी राष्ट्रिय बिकास लक्ष्य हासिल गर्नु नेपालका लागि चुनौति छ। नेपाल सरकारको शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय र अन्र्तराष्टिय पारमाणबिक उर्जा निकाय आइएईए ले यसका लागि बिभिन्न प्राबिधिक ,बैज्ञानिक , सरकारका प्राज्ञीक , प्रतिनिधी सभाका सांसद, संसदिय समितिका सदस्यहरुसंग छलफल गर्दै बिधेयक ल्याउने तयारीमा छ। नेपाल सन २००८ देखि आइएइएको सदस्य राष्ट्र भएको हो। यस अनुसार उसको प्राबधानमा रही नेपालले काम गर्नुपर्ने हुन्छ। नेपाल यसको सदस्य राष्ट्र भएसंगै २०६४ सालमा पारमाणबिक निति ल्याइसकेको छ। 

एक दशक अघि नै नेपाल सरकारले पारमाण्बिक निति ल्याएपनि अहिले संसदमा छलफलको क्रममा रहेको  पारमाणबिक उर्जा सम्बन्धि बिधेयकमा यसबारे केही पनि उल्लेख नभएकोमा पारमाणबिक वैज्ञानिक श्रेष्ठले दुखेसो पोखे। अहिलेको बिधेयकमा रेडियोधर्मी पदार्थको बिर्सजनबारे स्पष्ट नबोलेको र यसबिषयका बिज्ञसंग छलफल खासै नगरी हचुवाको भरमा गहन अध्ययन बेगर फितलो रुपमा आएको प्रति बिज्ञहरुले  गम्भिर चासो व्यक्त गरेका छन। बिश्वमा परमाणुको स्वास्थ्य, उर्जा संगै कृषि लगायतका क्षेत्रमा उपयोग गरेर  चमत्कार संगै जिवन प्रदान गरेका उदाहरण मात्र नभई यसको प्रयोग गरेर बिश्वलाई बिनाशतर्फ पनि धकेलिरहेको छ।

दोस्रो बिश्वयुद्धका बेला अमेरीकाले जापानमा २ वटा एटम बम पडकायो। त्यो बास्तबमा पारमाणबिक उर्जाको  बिज्ञान प्रबिधिमा दुरुपयोग नै थियो। त्यसले अमेरीकालाई शक्तिशाली राष्टका रुपमा उभ्याइदियो। त्यसपछि अन्य राष्ट्र डराउनुपर्ने वा टक्कर दिनुपर्ने अबस्थामा पुग्यो। यसले बिश्व दुई कित्तामा बिभाजन भयो। बिशेषगरी अमेरीका र रुस पक्षका राष्ट्र दुई कित्तामा बिभाजन भयो। बैज्ञानिक स्टेफेन हकिन्सले पृथ्वीमा २ वटा खतरा  छ भनेका थिए। एक पारमाणबिक हतियार र अर्को जलबायु परिवर्तन अत्यन्तै खतरनाक रहेको बताएका थिए।

त्यसैले पारमाणबिक उर्जा र पारमाणबिक हतियारका सवाल भएकाले यसप्रति नेपालले अत्यन्तै चलाखिपुर्ण रुपमा चासो देखाउन आबश्यक छ। किनकी पारमाणबिक हतियार र भट्टी पडकिएको अबस्थामा यसले राजनितिक सिमा नाघेर आउछ खासगरी सिमाका राष्ट्रप्रति गम्भिर रुपमा सोच्नुपर्छ। यति मात्र नभई प्रतिनिधि सभामा छलफलको चरणमा रहेको पारमाणबिक बिधेयकले यसको प्रयोग, आयात, उत्पादन, बिर्सजनका साथै वाताबरण, स्वास्थ्य क्षेत्र र भुराजनितिक मामिलाका सवालमा गम्भिर बिमर्श गरी यसलाई सम्बोधन गर्नू आबश्यक छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ