arrow

शिखरको मेलाको अन्तिम दिनहरुमा आयोजकनै छक्क पर्नेगरि ग्राहकको चाप

१३ गतेसम्म मात्र शिखरको मेला

logo
प्रकाशित २०७५ माघ १२ शनिबार
shikhar-mela.jpg

काठमाडौ। शुक्रवार भृकुटीमण्डपमा भेटिएका सिताराम थापा हतारमा थिए। शिखर सुजको एकल मेलाको म्याद चार दिन थपिएको थाहा पाएर अफिसबाट घर जाने बेलामा साँझमा हतार हतार उनी मेलास्थल भृकुटीमण्डप आएका थिए। सामाजिक सञ्जालमा शिखर शुजको मेलाको बारेमा जानकारी दिने समाचार हेरेर त्यसबाट लाभ लिन हतारिएर आएका उनी एक प्रतिनिधी पात्र हुन। हातभरि ४ जोर जुत्ताको बोकेर काउण्टरमा पैसा बुझाउँदै गर्दा भेटिएका थापाले मेलामा दोस्रो पटक आएर जुत्ता खरिद गरेको सुनाए। दोस्रो पटक किन त उनले आफ्नो स्पष्टिकरण दिए। मेला शुरु हुने बेलामा जुत्ताहरु किने पनि मेला सकिने बेलामा सस्तोमा राम्रा जुत्ताहरु किन्न पाइने कारणले फेरि मेलामा आएर खरिद गरे। 

ग्राहकलाई सस्तोमा जुत्ताचप्पल उपलब्ध गराउन शिखर सुजले राजधानीको भृकुटीमण्डपमा सुरु गरेको सेल मेलाको थपिएको ४ दिनको अवधी आइतवारसम्म छ। मेलाको अवधी सकिनै लाग्दा उपभोक्ताको भीड भने बढेको बढेकै छ। राम्रा जुत्ता अझ सस्तोमा मेलाको अन्तिमतिर पाउने भएपछि उपभोक्ताको चाप बढेको छ। ग्राहकले १७५ रुपैयाँमै समेत जुत्ता पाउने भएपछि मेलामा ग्राहकको निकै चाप बढेको हो। ‘हामीले मेला यही माघ ९ गतेसम्म गर्ने तय गरेका थियौं,’ शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले भने, ‘ग्राहकको अत्यधिक भिड बढ्दै गएकाले ४ दिन थप गर्ने निर्णय गरेका छौं ।’ मेला अब १३ गतेसम्म चल्ने छ । 

मेलामा शिखरले २५० रुपैयाँमा जाडोको जुत्ता, ५ सय रुपैयाँमा विद्यार्थीको युनिफर्म जुत्ता, १ हजार रुपैयाँमा स्पोर्टस् सुज, २५०० रुपैयाँमा दुई जोडी बुट, ५ सय रुपैयाँमा छालाका एक जोडी चप्पल उपलब्ध गराइरहेको छ । मेलामा यसअघि ५ सय रुपैयाँमा एक जोर उपलब्ध गराउँदै आएको महिलाको कपडाको जुत्ता अब त्यही मूल्यमा दुई जोर उपलब्ध गराउने शिखरका प्रबन्ध निर्देशक प्रसाईले बताए । सस्तोमा पाउने भएपछि यतिखेर जुत्ताचप्पल किन्नेहरुको शिखरको विन्टर मेलामा चाप बढेको छ । 

मेलामा पुगेकाहरुले सस्तोमा भारी छुटमा पाएपछि झोलाभरि जुत्ताचप्पल किनेर निस्कँदै गरेका देखिन्छन् । तिनै मध्येका एक रुपन सिंहले दुई जना साथिसँग राम्रो रेष्टुरेण्टमा खाजा खाँदा खर्च हुने रकममा जुत्ता पाइने भएपछि आफूले झोलाभरि जुत्ता खरिद गरेको अनुभव सुनाए। सप्तरीका सिंहले शिखर शुज आफ्नो रोजाइमा पर्ने भएकैले पनि मेला कुरेर बस्ने बताए। 

कोटेश्वरकी मोनिका आचायले दुई जना साथीसँग मुभी हेर्न जाने पैसाले बर्षभरीलाई हुने जुत्ता किन्न पाइने थाहा पाएर आफू पनि मेलामा आएको सुनाइन। उनले आफूलाई र आमालाई किनेको जुत्ता देखाउँदै जाडोमा न्यानो हुने जुत्ता आफ्नो रोजाइमा परेको बताइन। 

अधिकांश मेलामा पुरुषका लागि मात्र जुत्ताचप्पल हुने गरेकामा यस पटक शिखरले महिलालाई लक्षित गरेर विभिन्न मोडलका जुत्ताचप्पल मेलामा राखेको छ । शिखरको एकल सेल मेलालाई ग्राहकले मौकाको रुपमा लिएका छन् । यस मेलामा सोलको मूल्यमा जुत्ता चप्पल उपलब्ध गराइरहेको शिखर सुजकी संचालिका संगिता कडरिया प्रसाईंले बताइन् । ‘यति सस्तो मूल्यमा अरु बेला जुत्ताचप्पल पाइँदैन’ उनले भनिन् । मेलामा असामान्य मूल्यमा जुत्ता बिक्री भइरहेको उनको दावी छ । शिखरले विवाहको सिजनलाई लक्षित गरेर ५० भन्दा बढी प्रकारका पार्टी सुज समेत यही मेलामै सार्बजनिक गरेको प्रसाईंले जानकारी दिइन् । 

नयाँ जुत्तामा समेत शिखरले १५ प्रतिशतभन्दा बढी छुट दिइरहेको छ । शिखरको मेलामा पार्टी सुज, स्पोर्टस् सुज, युनिफर्म सुज, क्याजुअल सुज, स्कुल कलेजलगायत सबै प्रकारका जुत्ता उपलब्ध छन् । शिखरले मेलामा यहाँ ३ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल राखेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ