काठमाडौं। नेपाल राष्ट्र बैंकले दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बैंकले पछिल्लो समयमा लगातार ट्रेजरी बिल बिक्री गर्दै आएकामा सोमबार पुनः ट्रेजरी बिल बिक्री गर्न लागेको हो।
राष्ट्र बैंकका अनुसार सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो। बैंकले ९१ दिने अवधिका लागि उक्त बिल बिक्री गर्न लागिएको जनाएको छ। बैंकले यसअघि पाँच अर्ब ५० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो।