arrow

हिमपातका कारण बन्द भएको रसुवागढी नाका खुल्यो

logo
प्रकाशित २०७५ माघ १६ बुधबार
Rasuwa gadhi.JPG.jpeg

रसुवा ।केही दिनदेखिको हिमपातका कारण बन्दभएको रसुवागढी नाकामा आजदेखि यातायात सेवा सञ्चालनमा आएको छ ।

केरुङ्गबाट सामान बोकेर आएको ट्रक तथा कन्टेनर मितेरी पुलबाट आजदेखि नेपाल प्रवेश गर्न थालेको सशस्त्र प्रहरी भन्सार सुरक्षा गुल्म टिमुरेका गुल्मपती जीवन केसीले जानकारी दिए।

बीस ट्रक तथा कन्टेनर चिनियाँँ भू–भागबाट नेपाल प्रवेश गरिसेकेको र करीब ६० कन्टेनर मितेरी पुल नजिक चिनियाँ भू–भागबाट नेपाल प्रवेश गर्ने क्रममा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

यही माघ ८ गतेदेखि शुरु भएको हिमपातका कारण रसुवागढीदेखि केरुङसम्म चिनियाँँ भू–भागतर्फको राजमार्गमा भारी हिमपात भएकाले सामान आयातका लागि केरुङतर्फ गएको ३०० भन्दाबढी ट्रक कन्टेनर केरुङमा नै रोकिएका छन् ।

चिनियाँ पक्षले जम्मा भएका हिउँ सडकबाट पन्छाएपछि यातायात सेवा सञ्चालनमा आएको हो । आज दिनभरमा २०० को हाराहारीमा मालवाहक ट्रक तथा कन्टेनर नेपाल प्रवेश गर्ने अनुमान गरिएको गुल्मपती केसीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ