arrow

पौडेल पुगे माग्ने ठाँउमा

logo
प्रकाशित २०७२ फागुन २५ मंगलबार
ramchandra.jpg.jpeg
काठमाडौं । नेपाली प्रजातन्त्रीक आन्दोलनमा निरन्तर क्रियाशिल काँग्रेसका कार्यवहाक सभापति रामचन्द्र पौडेल १३औं महधिवेशनबाट सभापतिको निर्वाचनमा पराजित भएपनि उनको राजनीति भने सकिएको छैन । उनी संभवतः १४औं महाविधेशनमा पनि सभापतिको शसक्त दावेदार हुनसक्दछन्। 
 
यसअघि जसरी नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीमा प्रभाव जमाएका थिए, त्यस्तै प्रभाव पौडेलको आगामी कार्यकालमा रहन सक्छ। पार्टीका प्रभावशाली नेताहरु पौडेलकै पक्षमा रहेको र १३ सय महाधिवेशन प्रतिनिधि सहितका कार्यकर्ताहरु पनि उनकै पक्षमा भएकाले उनको प्रभाव पार्टी भित्र दह्रो नै हुने देखिन्छ । 
 
भागबण्डाको राजनीति गर्दिन भनेपनि उनी अव आफ्नै नाममा भाग माग्ने ठाउमा पुगेका छन्। यसअघि देउवाको नाममा पार्टीले भाग लगाउथ्यो भने अव पौडेलको नाममा भाग लगाउनु पर्ने हुन्छ। पार्टी भित्रको  भागबण्डा उनले नचाहेपनि उनलाई समर्थन गर्नेहरुको दवावमा उनी भाग माग्न वाध्य हुनेछन्, अनि भागबण्डाले निरन्तरता पाउने छ । नवनिर्वाचित सभापति देउवालाई पनि पौडेललाई समेट्दै लैजानु पर्ने वाध्यताका कारण पनि भागबण्डाको राजनीतिले निरन्तरता पाउछ । भागबण्डा गर्दिन भन्ने नैतिकता पनि उनले राख्दैनन् । 
 
पार्टी भित्र एउटा पक्षको नेतृत्व गर्ने र राम्रै राजनितिक यात्रा भएकाले पनि उनको प्रभाव कम हुनेछ्रन। 
 
पौडेलको राजनीतिक जीवन
क) जननायक बीपी कोइरालाबाट प्रभावित हुँदै र वि.सं. २०१७ सालमा तत्कालिन राजा महेन्द्रले पहिलो जननिर्वाचित प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेपछि सो कदम बिरुद्ध जनमत सृजना गरि प्रजातान्त्रिक शासन व्यवस्था स्थापना गर्न १६ वर्षको युवा अवस्थादेखि राजनीतिमा सक्रिय 
ख) नेपाली कांग्रेसद्वारा सञ्चालित वि.सं. २०१८ को सशस्त्र क्रान्तिमा सहभागि 
ग) वि.सं. २०१९ मा स्वतन्त्र विद्यार्थी आन्दोलनको अभियन्ता
घ) वि.सं. २०२३ मा सरस्वती कलेज विद्यार्थी युनियनको निर्वाचित सभापति
ङ) वि.सं. २०२३ मा गण्डकी विद्यार्थी समितिको निर्वाचित संस्थापक सभापति
च) वि.सं. २०२४ मा प्रजातान्त्रिक समाजवादी युवा लिगको निर्वाचित महासचिव
छ) वि.सं. २०२७ मा नेपाल विद्यार्थी संघ स्थापनार्थ अगुवाइ गर्नुका साथै केन्द्रीय सदस्यमा निर्वाचित
ज) वि.सं. २०३४ मा नेपाली कांग्रेस, तनहूँ जिल्ला कार्यसमितिको सदस्यमा निर्वाचित
झ) वि.सं. २०३६ मा नेपाली कांग्रेस, तनहूँ जिल्ला कार्यसमितिको उपसभापतिमा निर्वाचित
ञ) वि.स. २०३७ मा तनहूँ जिल्ला सर्वदलीय प्रचार अभियान समितिको अध्यक्ष
ट) वि.सं. २०४० मा नेपाली कांग्रेस, केन्द्रीय प्रचार समितिको संयोजक
ठ) वि.सं. २०४४ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचार विभागको प्रमुख
ड) पञ्चायत व्यवस्थाका विरुद्धमा निरन्तर ३० वर्ष संघर्ष गरी वि.सं. २०४६ मा प्रजातन्त्रको पुनःस्थापना भएपछि वि.सं. २०४८ मा सम्पन्न संसदीय निर्वाचनमा वाममोर्चाका उम्मेदवारलाई ठूलो मतान्तरमा पराजित गर्दै तनहूँ जिल्ला, क्षेत्र नं. १ बाट संसद् सदस्यमा निर्वाचित
ढ) वि.सं. २०४८ मा स्थानीय विकास मन्त्री
ण) वि.सं. २०४९ मा स्थानीय विकासका साथै कृषि मन्त्री
त) वि.सं. २०५१ को मध्यावधि निर्वाचनमा तनहूँ जिल्ला, क्षेत्र नं. २ बाट संसद् सदस्यमा निर्वाचित
थ) वि.सं. २०५१ मा प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भई ५ वर्षको सेवा
द) वि.सं. २०५६ मा सम्पन्न संसदीय निर्वाचनमा तनहूँ जिल्ला क्षेत्र नं २ बाट संसद् सदस्यमा तेस्रो पटक निर्वाचित
ध) वि.सं. २०५७ मा उपप्रधान, गृह एवं सञ्चार मन्त्री
न) वि.सं. २०६२ मा नेपाली कांग्रेसको महामन्त्री
प) राजाले पुनः प्रजातन्त्रको हत्या गरे पछि जन आन्दोलनद्वारा वि.सं. २०६३ मा पुनःस्थापित संसद्को सदस्य भई माओवादीलाई शान्ति प्रक्रियाको मूलधारमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह एवं शान्ति सचिवालयको संयोजक
फ) वि.सं. २०६३ मा शान्ति तथा पुनर्निर्माण मन्त्री (नवगठित मन्त्रालय) जुन सरकारमा माओवादी समेत संलग्न थिए
ब) वि.सं. २०६४ मा नेपाली कांग्रेस, केन्द्रीय समितिको उपसभापति
भ) वि.सं. २०६४ मा सम्पन्न संविधानसभाको निर्वाचनमा तनहूँ क्षेत्र नं. २ बाट सभासद्मा चौथो पटक निर्वाचित
म) वि.सं. २०६५ मा नेपाली कांग्रेसको संसदीय दलको नेतामा निर्वाचित
य) वि.सं. २०७० मा सम्पन्न संविधानसभाको निर्वाचनमा तनहूँ क्षेत्र नं. २ बाट सभासद्मा पाँचौँ पटक निर्वाचित
 
पौडेलको जेल जीवन
निरङ्कुश पञ्चायती व्यवस्था विरुद्धमा संघर्षरत रहँदा वि.सं. २०१९ देखि वि.सं. २०४६ सम्ममा विभिन्न पटक गरी राजनीतिक बन्दीका रुपमा १४ वर्षको जेल जीवन । प्रत्यक्ष शाही शासनमा थुनामा । 
 
यति राजनीतिक योगदान भएका व्यक्तीले एक पटक हार्दैमा पार्टीमा हतोत्साहित हुनु पर्ने कुनै कारण छैन् । जस्ले जित्छ त्यसैलाई पुर्ण समर्थन र सहयोग गरेर अगाडी बढ्नु पौडेल पक्ष, काँग्रेस, लोकतन्त्र र मुलुककै हितमा हुनेछ । उनले अव स्वतन्त्रता र लोकतन्त्रबाट मात्रै जनताको सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक अधिकारको संरक्षण हुन सक्दछ र देशमा जनएकता भई समृद्ध मुलुक निर्माण गर्न सकिन्छ भन्ने विश्वासलाई दरिलो बनाउदै पार्टी संचालमा सहयोगी बन्नु पर्दछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ