जगशक्तिले प्रति मेट्रिकटन २० रुपैयाँ धुर्समु सुन्तलीको क्रिकेट स्टेडियमलाई सहयोग गर्ने
देशकै उत्कृष्ट फलामे डण्डीको उत्पादन शुरु
प्रकाशित २०७५ माघ १७ बिहिबार
316
Shares
काठमाडौं। चितवनमा बन्न लागेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि जगशक्ती स्टीलले सहयोगको घोषणा गरेको छ। बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच कम्पनीका निर्देशक अनिल रुङ्टाले बुधबारमात्रै घोषणा भएको सो स्टेडियमको लागि दुई वर्षसम्म जति स्टील विक्री हुन्छ त्यसमध्ये प्रति मेट्रिक टन २० रुपैयाँको दरमा हुन आउने रकम धुर्मुस सुन्तलीको नेतृत्वमा बन्ने स्टेडियम निर्माणको लागि सहयोग गर्ने घोषणा गरे।
जगदम्बा इन्टरप्राईजेज प्राईभेट लिमिटेडको नयाँ उत्पादन जगशक्ति गोल्ड एफइ ५०० डी को उद्घाटन कार्यक्रममा बोल्दै निर्देशक रुङ्टाले आफूहरु व्यवसायलाई मात्रै नभएर सामाजिक उत्तरदायित्वतर्फ समेत जिम्मेवार रहेको भन्दै सामाजिक उत्तरदायित्व अन्तर्गत आफूहरुले यो सहयोगको घोषणा गरेको बताए।
कार्यक्रममा जगशक्तीले धुर्मुस सुन्तलीलाई ब्राण्ड एम्वेसडरमा समेत नियुक्त गरेको छ। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै रुङ्टाले जगशक्ति स्टीलले कंक्रिटको अत्यधिक दबाब सहने क्षमता र लचकताको सन्तुलन राख्न मद्दत पुग्ने जानकारी दिए। उनले सल्फर र फस्फोरस जस्ता अशुद्ध तत्वहरुलाई ०.०६० प्रतिशत भन्दा कम गराई छडको स्थिरता कायम गरिएको समेत जानकारी दिए।
के के छ स्टीलको सुविधा
एफई ५०० वर्गको टीएमटी छड परम्परागत प्रणालीबाट उत्पादित एफई ४२५ ग्रेड भन्दा एक कदम माथिको प्राविधिक चमत्कारको रुपमा छडहरुको बजारमा आएको छ। एफई ५०० वर्गको टीएमटी छडको उत्कृष्ट लचक क्षमताको कारण निर्माण प्रणालीमा लगभग १७ प्रतिशत कम स्टीलको खपत हुने गरेको कम्पनीले जनाएको छ।
एफई ५०० वर्गको टीएमटी डी श्रेणीका टीएमटी छडहरु एनएसले हालै मात्र भित्र्याएको कम्पनीले जनाएको छ। यस वर्गमा टीएमटी छडहरुले सामान्य श्रेणीका छडहरु भन्दा उच्च लचिलोपनको क्षमता राख्दछ। यस श्रेणीका टीएमटी छडहरु विशेष वर्गको बिलेट्सबाट उत्पादित हुन्छ र उत्पादन प्रक्रियाको समयमा उच्च नियन्त्रण भएको थर्मो मेकानिकल ट्रिटमेन्टबाट निर्मित हुन्छ। डी श्रेणीका टीएमटी छडहरुको उत्कृष्ट पक्ष भनेको यो भूकम्प प्रतिरोधात्मक र यान्त्रिक रुपमा पूर्ण सक्षम रहेको कम्पनीले दाबी गरेको छ।
एफई ५०० डी आज भोलिको उत्कृष्ट टीएमटी स्टील मध्येको एक हो। एफई भन्नाले आइरनलाई जनाउँछ जसबाट टीएमटी छडहरु बन्दछन्। एफई ५०० डी को अक्षर डी ले लचिलोपना जनाउँछ। यी छडहरुमा कार्वन, सल्फर र फस्फोरसको मात्रा कम हुन्छ। जसले गर्दा स्टील सुरक्षित रहन्छ र भविष्यमा भुकम्पका धक्काहरुको प्रतिरोध गर्न सक्छ।
यस प्रकारका स्टीलहरु उच्च नियमन प्रणालीबाट उत्पादन हुने भएकोले यसलाई पुल, बाँध, आकाशेपुल, भवन र रेलमार्ग बनाउन समेत प्रयोग गर्न सकिने कम्पनीको दाबी छ। योग्य र दक्ष स्तरका कर्मचारी र प्रविधिको प्रयोगबाट यसको उत्पादन हुने भएकोले यो एउटा विश्वासिलो स्टिल रहेको कम्पनीको भनाइि छ।
के के छन् यसका फाइदा ?
कम्पनीको दाबी अनुसार एफई ५०० डीका स्टीलहरुमा उत्कृष्ट लचिलोपना, खिया तथा भूकम्प प्रतिरोधात्मक, उत्कृष्ट वेल्डिङ क्षमता भएको र मजवुत जडान क्षमता रहेको छ। साथै भौतिक र रसायनिक मिश्रणको उचित मापन, विश्वसनीय स्रोतबाट उपलब्ध कच्चा पदार्थ, उत्पादन परिचालनको पूर्ण नियन्त्रण र मजवुत थर्मो मेकानिकल ट्रिटमेन्टबाट यो स्टील मजबुत बन्ने कम्पनीले जनाएको छ।