दोस्रो त्रैमास रिपोर्टः एनआईसी एशियाको परिसूचक उत्साहजनक
प्रकाशित २०७५ माघ १८ शुक्रबार
231
Shares
काठमाडौं। एनआई सी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७५-७६ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणका परिसूचकहरु अत्यन्त उत्साहजनक रहेका बैंकको दाबी रहेको छ। बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वार्षिक विन्दुगतआधारमा १ सय ७२ प्रतिशत (रु. १ अर्ब ३५ करोड) ले वृद्धि गरी रु. २ अर्ब १४ करोडको सञ्चालन मुनाफाआर्जन गर्न सफल भएको जनाएको छ। त्यस्तै गरी खुद मुनाफातर्फ वार्षिक विन्दुगतआधारमा १ सय ६४ प्रतिशत (रु. ९४ करोड) को वृद्धि सहित रु. १ अर्ब ५१ करोडको खुदमुनाफा आर्जन गर्न सफलभएको छ । गतवर्षको सोही अवधिको खुदमुनाफा रु. ५७.१८ करोड रहेको थियो ।
बैकले वार्षिक विन्दुगत आधारमा ५३ प्रतिशत (रु. ७४ अर्ब) को वृद्धि गरी वासालातको आकार रु.२१४ अर्ब पुर्याउन सफल भएको छ । जस अन्तर्गत कर्जा तर्फ वार्षिक विन्दुगत आधारमा ४८प्रतिशत (रु. ४८ अर्ब) को वृद्धि गरी रु. १ सय ४९.३ अर्ब र निक्षेप संकलनतर्फ वार्षिक विन्दुगत आधारमा ४६ प्रतिशत (रु. ५५ अर्ब) को वृद्धि गरी रु. १ सय ७५.७६ अर्ब पुर्याउन सफल भएको छ । उक्तवृद्धि नेपाली बैंकिङ्ग ईतिहासमा कुनै पनि बैंकले वार्षिक विन्दुगत आधारमा हासिल गरेको वृद्धिका हिसाबले हालसम्मकै उच्च वृद्धि रहेको बैंकले जनाएको छ।
बैंकको देशभर २ सय ७५ शाखाकार्यालय, २ सय ८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर तथा २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ।