arrow

शशांकको ‘विरासत’ कार्यकारी अनुभव संगाल्ने अवसर

logo
प्रकाशित २०७२ फागुन २५ मंगलबार
sashank-new-fnl.jpg.jpeg
काठमाडौं । विश्वेश्वरप्रसाद कोइरालाको विरासत थाम्न महामन्त्रीमा उम्मेद्वारी दिएका डा.सशांक कोइराला कांग्रेस महामन्त्री बनेका छन् । कांग्रेको नेतृत्व इतिहासमा ४९ वर्ष लामो समय कोइराला परिवारकै हातमा रहयो । कांग्रेसमा कोइराला परिवारबाटै चार सभापति भए । २००३ मा राष्ट्रिय कांग्रेसको स्थापनायता बीपीले पाँचपटक गरी २५ वर्ष, मातृकाप्रसादले दुईपटक गरी ४ वर्ष, गिरिजाप्रसादले तीनपटक गरी १४ वर्ष र सुशील कोइरालाले कार्यवाहकसहित दुईपटक गरी ६ वर्ष कांग्रेसको नेतृत्व गरे ।कांग्रेस संस्थापक वीपी कोइराला पुत्र शशांक नयाँ संविधानको कार्यन्वयनका लागि महत्वपूर्ण भूमिका खेल्ने भन्दै महामन्त्री पदमा उम्मेद्वारी दिए । 
 
१३औं महाधिवेशन पेरिफेरीमै सुशील कोइरालाको निधन भयो । सुशीलले समेत शशांकलाई महामन्त्रीको उम्मेदवार बनाउन चाहेका बताइन्छ । शेरबहादुर देउवाले समेत उनलाई महामन्त्रीका लागि आग्रह गरेका थिए । उनले महाधिवेशनअघि नै आफुलाई दुवैतिरबाट अफर आएको बताएका थिए । वीपीको छोरा हुनु मात्रै शशांकको योग्यता होइन । अनुभवका हिसाबले कमजोर भए पनि पढेलेखेका बौद्धिक व्यक्तित्व भने हुन् । जसले मतदातालाई खिच्यो । केही गर्लान् भन्ने अपेक्षा छ । 
 
पार्टीको स्वास्थ्य विभाग प्रमुख समेत रहिसकेका सशांक पछिल्लो समय काँग्रेस विपीको सिद्धान्तबाट विचलित भएको बताउँछन् । २०४६ सालमा वामपन्थीहरुलाई साथमा लिएर गरेको आन्दोलनलाई लिएर वीपी पुत्र प्रकाशले समेत कांग्रेस वीपीको सिद्धान्तबाट विचलित भएको आरोप लगाएका थिए । प्रकाश राजावादी थिए । 
 
भारत निर्वासनबाट मेलमिलापको नीति लिएर स्वदेश फर्कदा वीपीले तत्कालिन परिस्थितमा व्यक्त गरेको ‘राजासँग घाँटी जोडिएको’ भन्ने भनाइलाई फरक–फरक प्रसंगमा जोडेर प्रकाशले व्याख्या गर्थे । प्रकाश पछि ज्ञानेन्द्र शाहको मन्त्रीमण्डलका सदस्य बने ।  दाई प्रकाशपछि भाई शशांकले विपीको सिद्धान्तलाई निरन्तरता दिएर पार्टीलाई सशक्त बनाउन आफु नेतृत्वमा पुग्नुपर्ने मत राख्छन् । कोइराला परिवारका सदस्यहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले लामो समय काँग्रेसको नेतृत्व गरेका गरे । पछिल्लो समय सशांक हिन्दु राष्ट्रको पक्षमा उभिँदै गणतन्त्रमा हेरफेर गर्नुपर्छ भन्दै चर्चामा आए । २०४७ सालमा निर्माण भएको संविधानमा लेखिएको हिन्दुराष्ट्रलाई हटाएर पहिलो संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेका थिए । त्यसवेलामा कार्यवाहक राष्ट्रप्रमुख कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला थिए । 
 
को हुन् शशांक ?  
काँग्रेसका सस्थापक नेता तथा काँग्रेसका सभापति बनेका विपी कोइरालाका छोरा सशांक यसअघि कांग्रेस केन्द्रीय सदस्य थिए । अब महामन्त्री भएका छन् । शशांक वीपीका कान्छा छोरा हुन् । पेशागत दक्षताका हिसाबले आँखाका डाक्टर रहेका ५९ वर्षीय डा.सशांक २०४६ साल अघिसम्म सक्रिय राजनीतिमा थिएनन् । २०१७ सालदेखि २०३६ सम्म उनको जीवनकाल निर्वासन र अध्ययनमा बितेपनि २०४६ सालको आन्दोलनमा सरिक भए । १९ वर्ष निर्वासनमा विताएका कोइरालाले चिकित्साशास्त्रमा एमडी गरेका छन् । आँखाको शल्यक्रिया गर्ने  कोइराला नेपाली कांग्रेसको नीति निर्माण तहमा पुगेका छन् । अब, उनको पहरेदारी राजनीतिक वेतिथिको शल्यक्रिया हुने छ । 
 
सशांक २०६४ र २०७० मा भएको संविधानसभा निर्वाचनमा नवलपरासी क्षेत्र–१ निर्वाचित भए । ११औं महाधिवेशन पछि बनेको काँग्रेस केन्द्रीय समितिमा सशांक  कार्य समिति सदस्य रहे । पारिवारिक विरासतबाहेक राष्ट्रिय राजनीतिमा वा काँग्रेसकै राजनीतिमा उनको ठूलो भूमिका देखिएको छैन । यसअघि, कार्यकारी भूमिकामा उनी देखिएका थिएनन् । पार्टीको आन्तरिक जीवनम पारिवारिक विरासतबाट माथि आएपनि उनी अहिलेसम्म जिम्मेवार पद कुनै लिएका छैनन् भने, सशांक मन्त्री पनि भएका छैनन् । कार्यकारी भूमिका निर्वाह गरेको अनुभव नभएका सशांकलाई महामन्त्री पद सम्हाल्न कठिन हुने अड्कल धेरैले काटेका छन् । 
 
आलोचना 
आलोचित उनी पाँच बर्षको काँग्रेस केन्द्रीय समितिको वैठकमा दुई पटक मात्र बोलेको रेकर्ड छ । मेडिकल शिक्षा हासिल गरेका उनले केही बर्ष स्वास्थ्य क्षेत्रमै विताए । उनले वीपी कोइराला नेत्र विज्ञान अध्ययन प्रतिष्ठानमा बसेर काम गरे । मनोहरमा रहेको आँखा अस्पतालसंग पनि शशांक जोडिए । सक्रिय राजनीतिमा नभई स्वास्थ्य क्षेत्रबाटै उनी राजनीतिमा तानिएका थिए । उनलाई ‘क्रेन’ शैलीबाट ल्याइएको भन्दै आलोचना पनि भएको थियो । सशांक ज्ञानेन्द्रका ज्वाई राजबहादर सिंह र व्यवसायिक साझेदारहरुसँगको उठबस र खानपिनको विषयले पनि विवादमा तानिए । 
 
यस्तै, शशांक राजनीतिक परिवर्तनको पूर्ण समर्थक होइनन् । यो परिवर्तनमा उनको खासै भूमिका रहेन । गणतन्त्र र धर्मनिरपेक्षताको एजेन्डालाई शशांकले मनैदेखि आत्मसात समेत सकेका छैनन् । जसको उदाहरण महाधिवेशन अघि बीबीसी नेपाली सेवालाई दिएको अन्तवार्ता हो । सशांकले ‘पछाडी फर्कँदा के विग्रिन्छ ? भन्दै कांग्रेसभित्र नयाँ बहसको सिर्जना गर्न खोजे । जो आगामी नेतृत्वका लागि घातक हुने अड्कलवाजी सुरु भएका छन् । नेतृत्वकै दौरान उनले सो अभिव्यक्ति जानिबुझी नै दिएको बताइन्छ । यस्तै सशांकको पारिवारिक जीवन समेत सुखी छैन । दाम्पत्य जीवनमा खटपट पैदा भयो र अन्ततः अलग हुने अवस्था आयो । जे होस् पार्टीको जिम्मेवार पदमा रहँदा उनले त्यसो गर्ने छैनन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ