arrow

किर्तिमानी नेपाली क्रिकेट टोलीको स्वागत, अबको लक्ष्य विश्वकप

नेपाली क्रिकेटको अन्तर्राष्ट्रीय यात्रा

logo
प्रकाशित २०७५ माघ २१ सोमबार
Nepal_UAE_Winner.jpg

काठमाडौं। नेपाली क्रिकेटले आफ्नो सफलताको पाईला अगाडी बढाउने क्रम जारी रहेको छ। सयुंक्त अरब ईमिरेट्स बिरुद्धको एकदिवसीय अन्तराष्ट्रीय र टि-२० अन्तराष्ट्रिय श्रृखंला उसकै गृह मैदानमा जित्दै नेपाली क्रिकेटले एउटा ईतिहास रचेको छ।

श्रृखंला जित सँगै नेपाली टोली देश फर्केको छ। बिजयी टोलीलाई स्वागत गर्न खेलकुद परिषदका सदस्यहरुले स्वागत गरेका थिए। नेपाली टोली आउने बाटोमा रातो कार्पेट ओच्छ्याईएको थियो। सयौंको संख्यामा समर्थकहरुले नारा लगाउँदै नेपाली टोलीको सवागत गरेका थिए।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिलबाट (आईसीसी)बाट एकदिवसीय अन्तराष्ट्रीय क्रिकेटको मान्यता पाएको करिब १० महिनामा खेलेको श्रृंखला जितेको हो। यसअघि नेदरल्याण्ड बिरुद्धको पहिलो श्रृखंला बराबरीमा टुङ्गिएको थियो।

नेपालले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट र टि-२० अन्तराष्ट्रिय क्रिकेट दुबै २-१ले जितेको हो।

उपाधि जितेलगत्तै राष्ट्रिय टोलीका कप्तान पारस खड्काले भने, “हामीले राम्रो टिम पाएका छौँ, दोस्रो सहभागितामा सिरिज जित्न सफल भएका छौँ। यसले हामीलाई अझै आत्मविश्वासी बनाएको छ, हाम्रा लागि यो सिरिज महत्वपूर्ण छ। विश्वकप छनोट नजिक छ। यसले पक्कै पनि हामीलाई फाइदा पुग्नेछ। तीन-चार महीनादेखि तयारी थाले उत्कृष्ट नतिजा ल्याउँछौँ।”

कप्तान खड्काले करण केसी र अभिनाश बोहराले बलिङमा राम्रो प्रदर्शन गर्नुका साथै सोमपाल कामी र सन्दीप लामिछाने लगायतको भूमिकाको खलेर प्रशंसा गरे।

अन्तराष्ट्रीय किर्तिमान

क्रिकेटमा अनेक किर्तिमानहरु बन्ने गरेका छन्। अनेक मध्य केही नेपाली खेलाडीहरुले पनि आफ्नो नाममा लेखाउन सफल भएको ऐतिहासिक श्रृखंला हो ।

रोहित पौडेलले श्रृखंलाको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय खेलमा १६ बर्ष १ सय ४६ दिनको उमेरमा ५५ रन बनाउँदै विश्वकै अन्तराष्ट्रिय एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडीका रुपमा किर्तिमान राखेका छन्।

त्यसैगरि सन्दिप जोराले पनि टि-२० अन्तराष्ट्रियमा कम उमेरमा अर्धशतक बनाउने किर्तिमान राखेका हुन। नेपालको लागि टी २०आईमा अर्धशतक प्रहार गर्ने तेस्रो, नेपालको लागि टी२०आईमा डेब्युमै अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका सन्दिप टी २० आईमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छो खेलाडी समेत बनेका छन्। जोराले १७ वर्ष १०३ दिन हुँदा टी२०आईमा अर्धशतक प्रहार गर्दै कीर्तिमान बनाएका हुन्।

यसअघि नेपालको लागि सुवास खकुरेल र कप्तान पारस खड्काले टी२०आईमा अर्धशतक प्रहार गरेका थिए।

नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय यात्रा

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को सदस्यता पाएको झण्डै ३० वर्षपछि नेपालले गत वर्ष मात्र चार वर्षका लागि एकदिवसीय क्रिकेटको मान्यता पाएको थियो। सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता पाएको थियो भने नामिवियामा अघिल्लो वर्ष सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एकदिवसीय मान्यता पाएको हो।

विसं २०७३ वैशाखमा क्यान निलम्बन भएपछि अहिलेसम्म नेपाली खेलाडीले अभिभावक बिनै ठूला प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् भने नेपाली क्रिकेटलको व्यवस्थापकीय पक्ष सबै आइसिसीले नै हेर्दै आएको छ। निलम्वन फुकुवाको विषयमा लामो समयदेखि पहल शुरु भए पति त्यसले सार्थकता पाउन सकेको छैन।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को निलम्बन फुकुवाका लागि मार्गप्रशस्त गर्न बारम्बार आग्रह गरेपछि निलम्वित नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय खेलकूद परिषद् (राखेप)लाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिन निवेदन दर्ता गराएको छ।

“आइसिसीले निलम्वन फुकुवाका लागि राखेको शर्त हामीले पूरा गरिसकेका छौँ, फेब्रुअरीमा आइसिसीको बोर्ड बैठक बस्दैछ, सोही बैठकले निलम्वन फुकुवा गर्नेमा हामी विश्वस्त छौँ”, नेपाल क्रिकेट सङ्घ(क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले भने।

विसं २०७२ मा राष्ट्रिय खेलकूद परिषद्ले निर्वाचित क्यानलाई मान्यता नदिइ रमेश सिलवालको नेतृत्वमा तदर्थ समिति गठन गरेसँगै क्यानका पदाधिकारीले सर्वोच्चमा मुद्दा दायर गरेका थिए। त्यसको चार महीनापछि २०७३ वैशाखमा क्रिकेटमा सरकारी हस्तक्षेप भएको भन्दै आइसिसीले नेपाली क्रिकेटलाई निलम्बन गरेको हो।

सिमित स्रोतसाधनका बाबजुद नेपालमा क्रिकेट गतिविधि विस्तारै मौलाउने क्रममा २०४४ सालदेखि शुरु भएको अन्तर्राष्ट्रिय सम्बन्धले देशभित्र क्रिकेट खेल विस्तारमा थप योगदान पुर्‍यायो। पहिलोपल्ट २०५२ सालमा मलेसियाको क्वालालम्पुरमा सम्पन्न एसिसी ट्रफीमा नेपालले अन्तर्राष्ट्रिय सहभागिता जनाएको हो।

विसं २०५५ मा नेपालले पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने अवसर पायो। त्यस वर्ष एसिसी ट्रफी आयोजना गर्दा नेपालले भौतिक पूर्वाधार निर्माणमा फड्को मार्‍यो। कीर्तिपुर र पुल्चोकको क्रिकेट मैदान त्यहीबेला बनाइएको हो। प्रतियोगितामा नेपाली टोलीले एउटै खेल जित्न नसके पनि दुई अन्तर्राष्ट्रियस्तरका मैदान बन्नु नेपाली क्रिकेटको ठूलो उपलब्धि थियो।

सन् २००२ मा सिङ्गापुरमा सम्पन्न एसिसी ट्रफीमा नेपाल उपविजेता भयो। उपाधि युएईले जित्यो। लगत्तैको वर्ष इमर्जिङ नेसन्स कप आयोजना गर्दा भूटान र माल्दिभ्सलाई सहजै हराएको नेपालले उपाधि नै जित्यो। त्यसयता लगातार अन्तर्राष्ट्रिय प्रतियोगितामा मिश्रित सफलता हासिल गर्दै अघि बढेको नेपाली क्रिकेटले सन् २००८ मा विश्व क्रिकेट लिग डिभिजन फाइभ खेल्न जर्सीको भ्रमण गर्‍यो। समूह ए को शीर्ष टोली बनेर सेमिफाइनल पुगेको नेपाल अन्तिम चारमा अफगानिस्तानसँग पराजित भयो भने अमेरिकालाई प्लेअफमा हराउँदै तेस्रो स्थान हासिल गर्न सफल भयो।

सन् २०१० को फेब्रुअरीमा काठमाडौँमा सम्पन्न डिभिजन फाइभ नेपालले जित्यो। अमेरिकालाई फाइनलमा हराएर जितेको त्यो नेपालको पहिलो उपाधि थियो। त्यही वर्ष भएको डिभिजन फोरमा नेपाल तेस्रो हुँदै रेलिगेसनबाट जोगियो। सन् २०१२ मा डिभिजन फोर जितेर डिभिजन थ्रीमा उक्लिएको नेपाल सन् २०१३ को मार्चमा सम्पन्न डिभिजन थ्री मा पनि विजेता बन्दै डिभिजन टु मा उक्लिएको हो।

 

 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ