arrow

प्रयाप्त पानी निकासको व्यवस्था बिना सडक निर्माण हुँदा डुबानको जोखिम

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ माघ २३ बुधबार
punarbas-sadak.jpg

पुनर्वास ।  कञ्चनपुरको दक्षिणी क्षेत्रको पुनर्वास स्थित बिचफाँटा देखि परासन सम्म निर्माण सम्पन्न गरिएको कालो पत्रे  सडक बनाइदा प्रयाप्त पानीको निकासको बिकल्प नहुँदा वर्षातमा डुबानको जोखिम बढेको छ ।  जिल्लाको दक्षिणी भेगको परासन भारत बोर्डर देखि त्रिभुवनबस्ती -भकुन्डा -चान्देव -नयाँ बस्ती सडक खण्डको ७.९ किमि कालोपत्रेको काम सम्पन्न गरिएको छ । जमिनको सतह भन्दा झन्डै १ मिटर अग्लो सडक बनाइदा प्रयाप्त मात्रामा पानीको निकास ब्यबस्था नगरिए पछि डुबानको जोखिम बढेको हो ।

७.९ किमिको दुरिमा रहेका खोला,  खोल्सा र भल निकासका स्थान बाहेक अन्यत्र ह्युमपाइप,कल्भर्ट र अन्य पानीको निकासको लागि कुनै संरचना बनाइएको छैन ।  बाढिका कारण डुबानको उच्च जोखिम झेल्दै आएको पुनर्वासको बिचफाँटामा बनेको सडकका कारण जोखिम अझै बढेको स्थानीय बताउछन् । बिचफाँटाका स्थानीय राम बिकले भने सडक बन्नु अति राम्रो हो तर वर्षातको बेला तालिने पानी सहजरुपमा निकासको लागि ह्युमपाइप वा कल्भर्ट नबनाइएकाले पानी घर आँगनमा तालिने हो । उनले भने वर्षा अगावै सम्बन्धित निकायले पहल नगरे समस्या हुने छ ।

अत्यन्त महत्वका साथ हेरिएको परासन भारत बोर्डर-त्रिभुवनबस्ती-भकुन्डा-चान्देव सडकको निर्माण सम्पन्न उक्त २ लेनको सडकले स्थानियका निम्ति बिपदको जोखिम बढाउने देखिन्छ ।

डुबान ग्रस्त सिमसार क्षेत्र रहेको पुनर्वास नगरपालिका ९ को बिचफाँटा देखि खड्डा गाउँ ४ किमिको दुरी सम्म खोला , खोल्सा र भल निकास हुने ७ स्थानमा मात्रै पानीको निकास बनाइएको छ । जुन अप्रयाप्त रहेको स्थानीय मनोज राना बताउछन् । निर्माण सम्पन्न पुरै ७.९ किमिमा जम्मा ११ स्थानमा मात्रै पानी निकासको ब्यबस्था गरिएको छ । सडक निर्माण गर्दा न प्रयाप्त ह्युमपाइप कल्भर्ट राखिएको छ न पानी निकासका लागि ढल बनाइयो त्यसैले वर्षामा आकाशे झरीको पानीले निकास नपाउदा डुबानको जोखिम बढेको छ ।  सडकको  डिपिआर गर्दा नै खोला, खोल्सा र भल बग्ने स्थानमा बाहेक अन्यत्र निकास नबनाइएको जिल्ला सडक डिभिजन कार्यालय कञ्चनपुरले जनाएको छ ।

धेरै स्थानमा ह्युमपाइप र कल्भर्ट राख्ने  स्टिमेट नबनेकाले नराखेको तर जहाँ आबश्यक देखिए त्यहाँ मात्रै राखिएको जिल्ला सडक डिभिजन कार्यालयका प्रमुख डिइ लक्ष्मी दत्त भट्टले बताए । डिपिआरमै योजना नभएको कारण पानीको निकासका लागि थप संरचना नबनाइएको जिल्ला सडक डिभिजन कार्यालयका प्रमुख भट्टले बताए । वर्षा याममा परेको पानी र बाढीका कारण मानव बस्ती डुबान बाट प्रभावित देखिए आबश्यक स्थानमा पानीको निकासको ब्यबस्था गरिने प्रमुख भट्टले बताए ।

निर्धारित समय सीमामै निर्माण सम्पन्न गरिएको  उक्त कालोपत्रे सडक कुमार श्रेष्ठ निर्माण सेवाले ९ करोड २२लाख ४२ हजार ४०८ को लागतमा बनाएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ