arrow

आफ्ना छिमेकीलाई कसरी पञ्जामा पार्दैछ चीन ? 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७५ माघ २४ बिहिबार
dragon-china.jpg

काठमाडौं। चिनियाँ राष्ट्रपति सि चिनफिङलाई चीनले आफ्नो ‘चिनियाँ सपना’को रुपमा हेरेका छन्। उनीहरुले चिनफिङको पालामा चीनले ठूलो शक्ति हात पार्ने र मुलुकमा खुसीको लहर ल्याउने नेताको रुपमा लिएका छन्। विश्वका विभिन्न क्षेत्रबाट चीनका यस किसिमको नीतिलाई सबैले नियालिरहेका छन्।

अहिले राम्रो अवसरको लागि चिनियाँ कम्पनीहरु युरोपमा आफ्नो अवसर खोजिरहेका छन्। साथै युरोपमा चीनको प्रभाव पनि बढ्दो क्रममा छ। तर, चीनको वास्तविक प्रभाव हेर्ने हो भने उसको छिमेकी मुलुकहरु र अफ्रिकालाई हेर्नु जरुरी हुन्छ। 

पछिल्लो पाँच वर्षमा चीनले विश्वका कुनै पनि मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिको प्रचार गर्दै आएको छ। तर, चीनले केही मुलुकको निर्णयमा आफ्नो प्रत्यक्ष प्रभाव राख्ने गरेको छ। चीन आफ्नै नीतिविरुद्ध उभिएको कमजोर राजनीतिक र आर्थिक संरचना भएका मुलुकमा सहजै देख्न सकिन्छ। यसैबीच चिनफिङको बेल्ट एण्ड रोड इनिशिएटिभ (बीआरआई) योजनाले चीनको सपना थप उसको नजिक ल्याएको छ।

चीनले पछिल्लो केही समययता राजनीतिक पार्टी, उद्योग, मिडिया र शैक्षिक संस्थामा लगानी गर्न थालेको छ। यो क्रम निकै आक्रामक ढङ्गमा अघि बढिरहेको छ। तर, उसको चासो भने आर्थिक क्षेत्रमा छ। 

उसले यमि क्षेत्रका प्रमुख कामहरुको माध्यमबाट आर्थिक लाभ हासिल गर्ने योजना बनाएको छ। साना मुलुकहरुमा चीनले आफ्नो राजदूतावासबाट नै उसले यस्ता कामहरु गरिरहेको छ भने विकसित मुलुकमा चीनमा जन्मिएका व्यवसायीको प्रयोग गरी यो काम गराइरहेको छ। 

चीनले अफ्रिकालाई एक प्रयोगशालाको रुपमा प्रयोग गरिरहेको छ। जसबाट उसले प्रभुत्व विस्तारको मौका पनि पाएको छ। जिम्बाबे होस् वा नामिबिया वा सेनेगल चीनले भ्रष्ट नेताको फाइदा उठाउँदै वास्तविक प्राकृतिक स्रोत वा कुनै महत्वपूर्ण सम्झौता हत्याउने खेलमा छ। अफ्रिकामा चिनियाँ भ्रष्टाचारको सूची उतार्ने हो भने निकै लामो बन्छ। उदाहरणको लागि हुवावेई र जेडटीईलाई लिन सकिन्छ। यी दुई कम्पनीहरु अफ्रिकाका १४ मुलुकमा भ्रष्टाचारको मुद्दामा मुछिएका छन्। 

सेनेगलका राष्ट्रपतिले केही समयअघि अमेरिका र युरोपभन्दा पनि चीनसँग काम गर्न सहज रहेको बताएका थिए। चिनियाँ कम्पनीले सेनेगलमा आफ्नो संरचना निर्माणको काम गरिरहेको छ। सेनेगलका राष्ट्रपतिको परिवारले चीनमा आफ्नो व्यापार विस्तार गरेका छन्। 

छिमेकी मुलुकलाई पनि चीनले छाडेको छैन। कम्बोडिया र पाकिस्तानजस्तै चीनको पञ्जामा पर्न लागेको अर्को मुलुक हो नेपाल। अहिलेका नेपाली प्रधानमन्त्री केपी शर्मा ओली चीन पक्षधर देखिन्छन्। जसको कारण नेपालका धेरैजसो निर्माणका योजनाहरु चिनियाँ कम्पनीले पाएका छन्।जसमध्ये केही त टेन्डर नै नखोली दिइएको छ। त्यसका साथै नेपालको चिनियाँ दूतावासमा राजनीतिक नेता, सरकारका सल्लाहकार र केही शिक्षित व्यक्ति रहेका छन्, जसले नेपालको महत्वपूर्ण क्षेत्रको निर्णय आफ्नो पक्षमा पार्न सक्छन्।

विश्वका विकसित मुलुकमा पनि चीनको प्रभाव बढ्दो छ। त्यसको उदाहरणको रुपमा अष्ट्रेलियालाई लिन सकिन्छ। यो मुलुकको एक चौथाइ व्यापार चीनसँग हुने गरेको छ। अहिले धेरै चिनियाँहरु पश्चिमी खाद्यान्नको बारेमा सोचिरहेको अवस्थामा अधिकांश चिनियाँ सहरमा अष्ट्रेलियाको उत्पादनहरु पाइन्छ।

धनी चिनियाँहरुले अष्ट्रेलियामा आफ्नो सम्पत्ति किनेर बसेका छन्। पछिल्लो समय अष्ट्रेलियामा चिनियाँ लगानी पनि बढेको छ। यस्तोमा  अष्ट्रेलियाको गुप्तचर विभागले चीनले अष्ट्रेलियाका नेताहरुलाई लाखौं रकम अनुदान दिन एजेन्ट खटाएको पाइएको बताएको  छ। जसमा चिनियाँ कम्युनिष्ट पार्टीको प्रभाव मुलुकमा विस्तार गर्नु महत्वपूर्ण उद्देश्य रहेको थियो। 

सन् २०१५ मा अष्ट्रेलियाको गुप्तचर संस्थाले रोजर यूरेन नाम गरेका चिनियाँ नागरिकले अष्ट्रेलियामा निकै जटिल किसिमको सञ्जाल विस्तार गरी अष्ट्रेलियाका सूचनाहरु चीन पठाउने गरेको बताएको थियो। साथै त्यसका लागि उनले लाखौं रकम घुस दिएको र अनुदान दिएको पनि पाइएको थियो। 

त्यसै किसिमका घटनाहरु अन्य मुलुकहरुमा पनि घट्न सक्छन्। यदि चीनको अहिले बढ्दो सामाज्यवादी नीतिलाई रोक्न सकिएन भने आगामी दिनमा अहिलेको अन्तर्राष्ट्रिय संरचनालाई कायम राख्नु आगामी दिनमा  एक चुनौती हुनेछ।

एजेन्सीको सहयोगमा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ