- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतमा निर्वाचनको घोषणाको लागि अब केवल एक महिनाको समय बाँकी छ । अहिलेसम्म कुनै संयुक्त विपक्ष बन्न सकेको छैन भने कुनै एकीकृत कमाण्ड पनि हुन सकेको छैन । अहिलेसम्मको अवस्थामा भने कुनै पनि दलले प्रधानमन्त्रीको दाबेदार उठाउनसक्ने देखिएको छ ।
यसअघि ममता बनर्जीको नाम विपक्षी साझा उम्मेदवारको रुपमा चर्चामा थियो तर अब भने उनी साझा उम्मेदवार बन्न नसक्ने स्पष्ट भएको छ । कांग्रेसको नेतृत्व ममतालाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने योजनामा छ भने राज्य इकाई त्यसको विरुद्धमा देखिएको छ । पछिल्लो समय उनी विवादित बनेसँगै उनको प्रधानमन्त्रीको यात्रा समस्यामा परेको हो ।
अहिले भारतको बंगालमा सत्तारुढ भारतीय जनता पार्टीले आफ्नो पकड बलियो बनाउने अभियानमा छ । यसै क्रममा प्रधानमन्त्री पदको दाबेदारको रुपमा मायावतीको नाम पनि अगाडि सारिएको छ। यूपीको मुख्यमन्त्रीको पद सम्हालिसकेकी उनी प्रधानमन्त्रीको लागि तयारी गरिरहेकी छिन् ।
अखिलेशले यसअघि पनि यूपीबाट धेरै प्रधानमन्त्री बनिसकेको भन्दै उत्तर प्रदेशबाट पुनः एकजना प्रधानमन्त्री पाउने बताएका छन् । उत्तर प्रदेशबाट कोही प्रधानमन्त्री बन्न चाहेमा आफूले समर्थन दिने निर्णय गरेका छन् । उनको यो भनाइमा कुनै सिफारिस नभएपछि पार्टीको नेतृत्वलाई भने यसले केही दबाब पर्नसक्ने बताइएको छ ।
यस्तोमा गान्धी परिवारबाटै कोही प्रधानमन्त्री नबनाउनका लागि दबाब पनि बढेको छ । यसैक्रममा दलित परिवारकी महिलालाई प्रधानमन्त्री बनाउने कुरा आयो भने सबै किसिमको विरोध दबिन पनि सक्छन् । मायावतीलाई प्रधानमन्त्री बनाउन अन्य पार्टीले पनि समर्थन गरेका छन् । त्यसका लागि सबैभन्दा पहिला मोदी सरकारले निर्वाचन हार्नु जरुरी छ ।