arrow

‘मेरो परिवार, बीजेपी परिवार’अभियान चलाइने

logo
एएनआई,
प्रकाशित २०७५ माघ २५ शुक्रबार
bjp-logo.jpg

नयाँ दिल्ली। भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी)ले पार्टीगत रूपमा एउटा छुट्टै अभियान चलाउने भएको छ। पार्टीका प्रवक्ता अनिल बलुनीले देशव्यापी रूपमा पार्टीको तर्फबाट ‘मेरो परिवार, बीजेपीको परिवार’नामक अभियान चलाउने तयारी गरिएको जानकारी दिए।

उनले बुधबार दिएको जानकारीअनुसार यही फेब्रुअरी १२ देखि देशभरी भाजपाले यो अभियान चलाउने भएको हो। अभियान मार्च २ सम्म जारी रहने पनि प्रवक्ता बलुनीले बताए। यस अभियानले झण्डै पाँच करोड जनतालाई प्रभावित पार्ने उनको दाबी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ