दुई दिने झरीले सुदुरका इटा उद्योगमा ८४ करोड नोक्सानी
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ माघ २६ शनिबार
366
Shares
पुनर्वास। बिहिवार राती देखि सुदुरपश्चिम प्रदेशमा परेको वर्षाका कारण प्रदेशका इटा उद्योगमा काँचो इटा नष्ट हुँदा ८४ करोड बराबरको नोक्सान भएको छ। दुई दिन परेको पानीले सुदुर पश्चिम प्रदेशका ७० वटा इटा उद्योगमा भट्टामा हाल्ने तयारीमा रहेको ७ करोड इटा नष्ट भएको सुदुर पश्चिम इटा ब्यबसायी संघले जनाएको छ।
प्रदेश भरिका प्रती इटा उद्योगमा न्युनतम १० लाख काँचो इटा नष्ट भएको सुदुर पश्चिम इटा ब्यबसायी संघका अध्यक्ष बीरबल बिश्वकर्माले जनाए। उनले भने, 'दुई दिन परेको पानीले सबैभन्दा बढी क्षेती इटा उद्योगमा पुगेको छ।' बढ्दो माग देखेर उद्योगले बढी इटा उत्पादन गरेको समयमा झरीका कारण आर्थिक मार खेप्न ब्यबसायी बाध्य भएको अध्यक्ष बिश्वकर्माले बताए।
अध्यक्ष बिश्वकर्माले भने, 'दुई दिनको झरीले प्रदेश भरिका उद्योग हरुको ७ करोड बढी इटा नष्ट भएको छ।' उनी भन्छन् उद्योगहरुमा भएको एकिन क्षेति के कति भयो हाम्रो बैठक बस्दैछ त्यसपछी बिवरण आउँछ अहिले मोटामोठी हिसाब गर्दा यति भेट्छ।
पछिल्ला केही वर्ष यता सुदुरपश्चिम प्रदेशमा इटा उद्योगमा लगानीकर्ताको मोह बढी रहेको छ। मुख्य गरि प्रदेशका कैलाली र कञ्चनपुरमा उद्योगहरुको संख्या बढ्दो क्रममा रहेको छ। कञ्चनपुरमा ४० वटा र कैलालीमा ३० वटा इट्टा उद्योग रहेका छन्।