arrow

टेनिसका रोचक तथ्य

logo
प्रकाशित २०७५ माघ २६ शनिबार
wimbledon-tennis-history.jpg

काठमाडौं। टेनिस विश्वको सबैभन्दा लोकप्रिय खेलमध्येको एक हो। विश्वका धेरै क्षेत्रमा यो खेललाई निकै चासोका साथ हेर्ने र खेल्ने गरिन्छ। नेपालमा भने यसबारे खासै ठूलो क्रेज छैन। यहाँ विश्व टेनिसबारे केही रोचक तथ्यहरु प्रस्तुत गरिएको छ– 

१. सन् १९८६ को विम्वल्डनमा पहिलोपटक पँहेलो बलको प्रयोग गरिएको  थियो।

२. महिला टेनिसमा विश्वको सबैभन्दा छिटो सर्भर भेनस विलियम्स हुन्। उनले २ सय ५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा सर्भ गरेकी थिइन्। 

३. विम्बल्डनमा सर्ट लगाउने पहिलो खेलाडी हेनरी औस्टिन थिए। उनी सन् १९३२ मा पहिलोपटक सर्ट लगाएर विम्बल्डनमा सहभागी भएका थिए। 

४. प्रत्येक वर्ष विम्बल्डन च्याम्पियन्सीपको लागि २४ टन स्टबेरी अर्डर गर्ने गरिन्छ।

५. अहिलेसम्म पनि घाँसको मैदानमा खेलिने विम्बल्डन एकमात्र प्रतियोगिता हो।

६. मर्गारेट स्मिथ कोर्टले २४ सिंगल्स उपाधि जितेर कीर्तिमान राखेकी छिन्।

७. पहिलो पटक विम्बल्डन खेल्ने महिलाले पूरै शरीर ढाकिने कपडा लगाएकी थिइन्।

८. टेनिस खेलको उत्पत्ति बेलायतबाट भएको हो।

९. ओलम्पिकमा टेनिसबाट स्वर्णपटक जित्ने भेनस र सेरेना विलियम्स पहिलो सहोदर दिदीबहिनी हुन्। 

१०. अर्थर एशे यूएस ओपन जित्ने पहिलो अफ्रिकी अमेरिकन हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ