काठमाडौं। टेनिस विश्वको सबैभन्दा लोकप्रिय खेलमध्येको एक हो। विश्वका धेरै क्षेत्रमा यो खेललाई निकै चासोका साथ हेर्ने र खेल्ने गरिन्छ। नेपालमा भने यसबारे खासै ठूलो क्रेज छैन। यहाँ विश्व टेनिसबारे केही रोचक तथ्यहरु प्रस्तुत गरिएको छ–
१. सन् १९८६ को विम्वल्डनमा पहिलोपटक पँहेलो बलको प्रयोग गरिएको थियो।
२. महिला टेनिसमा विश्वको सबैभन्दा छिटो सर्भर भेनस विलियम्स हुन्। उनले २ सय ५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा सर्भ गरेकी थिइन्।
३. विम्बल्डनमा सर्ट लगाउने पहिलो खेलाडी हेनरी औस्टिन थिए। उनी सन् १९३२ मा पहिलोपटक सर्ट लगाएर विम्बल्डनमा सहभागी भएका थिए।
४. प्रत्येक वर्ष विम्बल्डन च्याम्पियन्सीपको लागि २४ टन स्टबेरी अर्डर गर्ने गरिन्छ।
५. अहिलेसम्म पनि घाँसको मैदानमा खेलिने विम्बल्डन एकमात्र प्रतियोगिता हो।