व्याजदर नियन्त्रणको लागि राष्ट्र बैंकले अपनायो यस्तो नीति
प्रकाशित २०७५ फागुन ६ सोमबार
584
Shares
काठमाडौं । नेपाल राष्ट्र बैंकले व्याजदर नियन्त्रणको लागि नयाँ नीति अँगालेको छ । सोमबार राति प्रकाशित मौद्रिक नीतिको अर्थवार्षिक समीक्षामा राष्ट्र बैंकले आधार दरको सीमित प्रतिशत भन्दा धेरै बैंकले तोकेको सीमाभित्र मात्रै प्रिमियम तोक्न पाउने व्यवस्था गरेको हो । यस अघि आधार दरमा मनपरी रुपमा व्याजदर तोक्दै आएको बैंकहरुले अब आधार दरमा राष्ट्र बैंकले तोकेको सीमित प्रतिशत भन्दा धेरै प्रिमियम रोक्न सक्दैनन् । यो दर राष्ट्र बैंकले पछि परिपत्र गरी जारी गर्नैछ ।
यस्तो व्यवस्था वाणिज्य बैंकहरुको हकमा कृषि, ऊर्जा, पर्यटन तथा उत्पादनमूलक उद्योगमा प्रवाह गर्ने कर्जाको ब्याजदर निर्धारणमा लागू हुने पनि राष्ट्र बैंकले जनाएको छ । त्यस्तै राष्ट्र बैंकले अब निश्चित रकम भन्दा माथिको दीर्घकालीन परियोजना कर्जामा ऋणीसँगको सहमतिमा तोकिएको अवधिका लागि ब्याजदर स्थिर गर्न पनि सक्ने व्यवस्था गरेको छ । यसले बैंकहरुले सस्तो दरमा दिएको ऋण बैंकको व्याजदर बढेसँगै बढ्दैजाने समस्या पनि अन्त्य हुने बताईएको छ ।
त्यस्तैm अहिलेको पुँजी परिचालनमा देखिएको असन्तुलन अन्त्य गर्नको लागि पनि बैंक तथा वित्तीय संस्थाहरुले दीर्घकालीन ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था समेत गरेको छ । दीर्घकालीन ऋणपत्र बढीमा १० वर्षको लागि जारी गरिन्छ । यस अघि ५० प्रतिशत मात्रै रहेको वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीह विदेशबाट विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्थालाई दोब्बर गरी शतप्रतिशतसम्म विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्था गरिएको छ ।