कश्मिरमा भारतीय प्रहरी र आतंककारीबीच फेरि मुठभेड सुरु
प्रकाशित २०७५ फागुन १२ आइतबार
473
Shares
श्रीनगर। दक्षिण कश्मीरको कुलगाम जिल्लाको तारिगाममा आईतबार सुरक्षाबल तथा आतंककारीहरुबीच फेरि मुठभेड भएको छ। जम्मू-कश्मीरको पुलवामा जिल्लामा १४ फेब्रुअरीमा भएको सीआरपीएफको काफिलमाथिको आतंककारी हमलापछि काश्मिरमा सुरु भएको यो दोस्रो मुठभेड हो। यस हमलामा सीआरपीएफका ४० जवानको मृत्यु भएको थिए। आतंककारी हमलाको यस कायरतापूर्ण हमलापछि भारतीय सेनाले लगातार आतंककारी विरुद्ध कारबाही चलाईरहेको छ।
एक प्रहरी अधिकारीले केही आतंककारीहरु लुकेको सूचना पछि प्रहरीले फेरि पनि सर्च अप्रेसन सुरु गरेको हो। उनीहरुलाई घेरा हालेर फेरि आक्रमण सुरु गरिएको नवभारत टाईम्सले जनाएको छ। ती प्रहरी अधिकारीका अनुसार त्यहाँ आतंककारीहरुले प्रहरी विरुद्ध फायरिङ गर्न सुरु गरेपछि प्रहरीले पनि उनीहरु विरुद्ध जवाफी फायर गर्न थालेका हुन्।
पुलवामा हमलापछि भारतका गृहमन्त्री राजनाथ सिंहले समय आएपछि सबै देशबासीको ईच्छा पूरा हुने आश्वासन दिएका छन्। उनीमात्रै नभई भारतका प्रधानमन्त्रीले पनि यस्तै अभिव्यक्ति दिएका छन्। उनले पनि समय आएपछि सारा देशबासीले सोचेजस्तै नतिजा आउने प्रतिक्रिया दिएका थिए। ३५ ए को संशोधनको लागि अध्यादेश ल्याउने तयारी गरिरहेको मोदी सरकारले यस अघि नै काश्मिरमा रहेका अलगाववादी नेताहरुको सुरक्षा र सरकारले दिएको अन्य सेवाहरु फिर्ता लिएर उनीहरुलाई पक्राउ समेत गरेको थियो।