arrow

झापाको गौरादहमा जनचेतनामुलक सडक नाटक 'रजश्वला' मंचन

logo
युबराज रेग्मी,
प्रकाशित २०७५ फागुन १२ आइतबार
peroid2.jpg

झापा । साघुरो स्टेज, सिमित नाट्य सामाग्री, साधारण साजसज्जा त्यसै बिचमा नाटक सुरु हुन्छ । नाटकमा काल्पनिक विद्यालय  सरस्वती विद्यामन्दिरमा कक्षा ९ मा अध्ययनरत छात्रा विद्यालयमै रजश्वला भएर आफ्नो शरीर शिथिल भइ एक्लै बसिरहेकि हुन्छिन , उनी एक्लै बसिरहेको  अवस्थामा विद्यालयका केही उछृंखल  केटाहरुले दिपालाई जिस्क्याइरहेका हुन्छ्न । त्यतिकैमा दिपाका साथीहरु नाटकका पात्र सृष्टि र दृष्टि आइपुग्छ्न । सुरुमा त दिपाले आफ्ना साथिहरुलाइ समेत  आफुलाइ रजश्वला भएको भन्न लजाउछिन, तर साथिहरुके निक्कै अनुनय बिनय गरेपश्चात्  दिपाले आफुलाइ नछुने " रजश्वला " भएको बताउछिन  र आफुलाइ धेरै पीडा भएको र शरीर एकदमै  शिथिल भएर हिड्न समेत  गारो भएको बताउछिन ।

सृष्टि र दृस्टीले आफ्ना शिक्षकसँग अनुमती लिएर दिपालाइ घर पुर्याइ दिन्छ्न । रजश्वला भएकि दिपालाई समाजमा रहेको कु-प्रथा अनुरुप उनका आमा बुबाले नजिकै रहेको थोत्रो पुरानो गोठमा राख्ने ब्यबस्था मिलाउछ्न !  महिनावारी भएको समयमा घरमा बस्न नहुने र पुरुसहरुको अगाडि अनुहार देखाउन समेत  नमिल्ले कुरिति अनुरुप आफ्नो  शरिर भित्र दन्किएको आगोको ज्वाला रुपि पिडालाई आँसुसँग साट्दै परम्परागत  तबरले महिनाबारीको समयमा पुराना कपडा प्रयोग गरि किशोरी अवस्थाकी दिपा ७ दिनसम्म घामको सामान्य  प्रकाश समेत  नदेखिने अँध्यारो छाउगोठमा किरा र फट्याङ्रा सङ जीवन जिउन बाध्य हुन्छिन ।

६ महिना पछि पुन दिपा आफ्नो काधमा गरुङो झोला बोकेर स्कुल जादै गरेकी हुन्छिन , त्यहि समयमा फेरि अल्लारे  विद्यार्थी केटाहरुले दिपालाइ जिस्क्याउदछ्न  थकित शरीर लिएर विद्यालय हिनेकी दिपा अकास्मत बाटोमै ढल्न पुग्छिन सोही  समयमा दिपाका साथि सृष्टि र दृष्टि आइपुग्छ्न र दिपालाई हतपत  अस्पताल पुर्याउछ्न ।  समय अन्तरालसंगै चेतनाको स्तर अलि बदलिएको पाइन्छ !  समाजमा थोरै जनचेतनाको बिकास भएको देखिन्छ , तरपनि रजश्वला भएको समयमा गर्नुपर्ने साबधानी अपनाउनु पर्ने सरसफाइको  बारे भने समाज अनभिज्ञ नै रहेको अवस्था देखिन्छ , यसै बिचमा आफ्नी छोरीलाई अस्पतालमा लिन पुगेका दिपाका आमा र नाटककि पात्र  "यसोदा "  र बाबा लाई डाक्टरबाट  महिनाबारी हुदा महिलाहरुलाइ  हुने समस्या,   महिलाले अपनाउनु पर्ने साबधानी , महिनावारीको समयमा अतिरिक्त पौस्टिक खानपान र सुरछित सेनिटरी प्याडको प्रयोग सम्बन्धी जानकारी दिलाउने  कार्य हुन्छ । यतिकैमा नाटक समाप्त हुन्छ ।  

महिनावारीको समयमा आफ्नो सरिरमा भएको पीडा लाई लाजको रुपमा मानेर घरपरिवार लाई भन्न लजाएको अवस्थामै  विद्यालय गएकि नाटकी पात्र दिपा , उनका साथी र उनको परिवारलाई महिनाबारीको समयमा प्रयोग गरिने असुरक्षित कपडा र सरसफाइ सम्बन्धी हेलचेक्र्याइ बाट  प्राण घातक क्यान्सर समेत लाग्न सक्ने जानकारी   अस्पतालमा पुगेपछि मात्र थाहा हुन्छ ।   विशेष गरि नेपालका पश्चिमि  भुभागमा अझै पनि ब्याप्त रहेको छाउपडी प्रथा लाई इङित गर्दै नाटकको बिसय बस्तु केन्दृत रहेको देखिन्छ ।

नाटक समाप्तीसँगै  नाटकका पात्रहरुले  विभिन्न जनचेतना सहितका प्ले कार्ड सहित आफ्नो परिचय दिएको सैलीले कलाकार हरुको बौद्धिक छ्यमतालाई अझ उजागर गरेको देखिन्थ्यो  ।  त्रिभुवन बिश्वविद्यालय कृषि तथा पसु बिज्ञान अध्ययन सस्थान अन्तरगतको  झापा जिल्लाको गौरादह कृषि क्याम्पसका विद्यार्थी हरुको  डाइनामिक युथ नेपाल नामक सस्थाका विद्यार्थी कलाकार हरु द्वारा आयोजित र प्रस्तुत गरिएको  यश जनचेतनामुलक सडक  नाटक हेर्न गौरादह नगरपालिका नगर उप-प्रमुख गिता भेट्वाल , अन्तरपार्टी महिला सन्जाल गौरादहकि अध्यक्ष लिला कट्टेल , एकल महिला गौरादहकि अध्यक्ष भिमा उप्रेती गौरादह जेसिज २०१९का बर्स ब्यक्ती माधब कोइराला  लगायतको समेत उपस्थिती रहेको थियो ।



नयाँ