arrow

सम्झनामा रविन्द्र : पारसलाई कारबाहीको मागदेखि विद्यार्थीलाई ४५ प्रतिशतको छुटसम्म

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७५ फागुन १५ बुधबार
Rabindra_Prasad_Adhikari1.jpg

काठमाडौं । जनताले आशा गरेका नेताहरुमध्येका एक मानिने रविन्द्र अधिकारी अब हामीमाझ छैनन् । बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दूर्घटनामा परी उनको ज्यान गएको घटनाले धेरै दुखित भएका छन् । 

राजनीतिमा शालिन नेताको रुपमा मानिसको मन मनमा रहेको अधिकारी अत्यन्त मिलनसार र सहयोगी नेताको रुपमा मानिन्छन् । समयले भ्याएसम्म धेरै कार्यक्रममा उपस्थित भईरहने र समय मिलेसम्म कार्यकर्तासँग पनि रमाईरहने अधिकारीको खराब मौसमको कारण हेलिकप्टर दूर्घटनामा ज्यान गएको हो । आफ्नो औपचारिक राजनीतिमा प्रवेश गरेपछि समाज र राज्यलाई उनले धेरै राम्रा र उल्लेखनीय काम गरेर गएका छन् । उनका त्यस्ता कामहरुका कारण उनी आम मानिसमा वर्षाैवर्षसम्म जीवितै रहनेछन् । 

अधिकारीको सबैभन्दा महत्वपूर्ण कामहरुलाई नियाल्दै जाँदा शाही कालमा तत्कालीन युवराज पारसलाई कारबाहीको माग राख्नेदेखि विद्यार्थीहरुलाई सार्वजनिक सवारी साधनमा ४५ प्रतिशत छुट दिनेसम्मको कामको जस अधिकारीलाई नै जाने गरेको छ । 

वि सं २०५७ साउन २२ गतेको कुरा हो । पारसले हाँकेको गाडीले ठक्कर दिँदा मोटरसाइकल चलाइरहेका गायक तथा संगीतकार प्रवीण गुरुङ मारिएका थिए । शक्तिमा रहेको दरबारले त्यसबेला नक्कली चालक खडा गरेर उनलाई जोगाएको थियो । तर, सो घटनामा तत्कालीन युवराज पारस शाह नै दोषी रहेको भन्दै उनलाई कारबाहीको माग गर्दै ५ लाख मानिसको हस्ताक्षर समेत दरबारमा लगेर बुझाएका थिए । त्यस्तै, विद्यार्थीहरुलाई ४५ प्रतिशत छुट दिलाउने कामको श्रेय पनि मन्त्री अधिकारीलाई नै दिईने गरेको छ । 

प्रदेश नं ४ का हिरो 
कास्की जिल्लाको तत्कालीन भरतपोखरी गाविसको जमुनाबोट भन्ने ठाउँमा वि सं २०२६ साल बैशाख २२ गते आइतबार इन्द्र प्रसाद र लक्ष्मी अधिकारीको कोखबाट जेठो छोराको रुपमा अधिकारीको जन्म भएको थियो । माध्यमिक शिक्षक इन्द्रप्रसादका अधिकारीका छोराको रुपमा रहेका अधिकारीले शिक्षाको राम्रो अवसर पाएका थिए । 

सानै उमेरदेखि मिलनसार स्वभावका रहको उनी सानै उमेरदेखि राजनीतिक गतिबिधिमा चासो राख्ने स्वभावका थिए । उनी विद्यालयमा पढ्दादेखि नै अनेरास्वबियु, रेडक्रस, र विभिन्न क्लबहरुमा संलग्न थिए भने विद्यालय जीवनमा उनी जेहन्दार, लगनशील अध्ययनशील, र अनुशासित विद्यार्थी थिए ।

पञ्चायती शासन कालमा औपचारिक रुपमा राजनीतिमा प्रवेश गरेको अधिकारीको औपचारिक राजनीतिक सुरुवात पृथ्वीनारायण क्याम्पसबाट सुरु भएको हो । उनी २०४४ सालमा क्याम्पस कमिटीको अध्यक्ष भएका थिए । विसं २०४५ सालमा स्वबियु पृथ्वीनारायण क्याम्पस सदस्य, २०४५ सालमा नै अनेरास्ववियु कास्की जिल्ला कमिटी अध्यक्ष भए ।

त्यसैगरी, २०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्वबियु केन्द्रीय सदस्य र २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु सभापति निर्वाचित भए । २०५६ सालमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष बनेका अधिकारी २०५३ सालमा स्ववियु काउन्सिल नेपालका संयोजकमा निर्वाचित भए ।

अध्यापनमा समेत संलग्न भएका उनी २०४५ मा एक बर्ष माध्यमिक विद्यालयमा अध्यापन गरेका अधिकारी केही समय अघिसम्म विभिन्न क्याम्पसहरुमा अतिथिको रुपमा अध्यापन गर्ने गर्दथे । उनले सयौं अनुसन्धानमूलक लेखहरु समेत प्रकाशित गरिसकेका छन् । उनी एशियाली विद्यार्थी संगठन, विश्व प्रजातान्त्रिक युवा संघ लगाएत अन्तराष्ट्रिय युवा विद्यार्थी संगठनमा संलग्न भएर भूमिका निर्वाह गरेका अधिकारी विभिन्न अन्तराष्ट्रिय सम्मलेनमा भाग लिएका छन् ।

लामो समय विद्यार्थी राजनीतिमा संलग्न अधिकारीले २०४५ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गरेका थिए । अधिकारी २०३९ सालमा पार्टीको रेडगार्ड अर्गनाइजेसनमा संगठित भए । २०४० मा इलाका पार्टी कमिटीमा, २०४६ र ४७ मा पोखरा नगर कमिटी र २०४८ मा पार्टी जिल्ला कमिटीमा र त्यसपछि लगातार जिल्ला कमिटीमा सक्रिय रहे ।

२०६० मा पार्टीको कास्की जिल्ला कमिटीको सचिव र ०६३ मा समेत पुनः सचिवमा निर्वाचित भए । ०६२–६३ को अन्दोलन र त्यस अगाडिको प्रतिगमन बिरुद्दको आन्दोलनमा पटक–पटक गरी पाँच महिना जेल बसे । पार्टीको राष्ट्रिय परिषद् सदस्य, अञ्चल कमिटी सदस्य भएर काम गरिसकेका छन् । दुईवटै संविधान सभाको निर्वाचनमा कास्की क्षेत्र नं ३ बाट निर्वाचित भएका अधिकारीले विकास समितिमा हुँदा निकै प्रसंशनीय काम गरेर झनै सबैका प्रिय बनेका छन् । 

त्यस्तै, उनको निधनपछि कलाकार दिपकराज गिरीले फेसबुकमा लेखेका छन् ‘हिजो मात्रै भेटेर नेपाली चलचित्र चीनमा प्रदर्शन गर्नुपर्छ म यसको लागि लागिरहेको छु भन्नु भएको थियो आज यो फोनो समबेदना ब्यक्त गर्नका लागि प्रयोग गर्नुपर्दा सारै दुःख लागेको छ ।’ यस्ता जनताका प्रिय नेता रविन्द्र अधिकारी प्रति हाम्राकुरा टिमको पनि भावपूर्ण श्रद्धाञ्जलि । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ