arrow

बौद्ध परम्पराअनुसार व्यवसायी शेर्पाको अन्त्येष्टि

logo
प्रकाशित २०७५ फागुन १९ आइतबार
aangchhiring_sherpa.jpg

काठमाडौँ ।  ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका वरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको आइतबार अन्त्येष्टि गरिएको छ ।

शेर्पाको टेकुघाटमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईले जानकारी दिए। दुर्घटनामा निधन भएका अन्य ६ जनाको गत शुक्रबार नै अन्त्येष्टि भइसकेको छ । यति एयरलाइन्सका प्रबन्ध निर्देशक रहेका स्व शेर्पाको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान रहेको छ ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा गत फागुन १५ गते ताप्लेजुङको दारेभिरमा एअर डाइनेष्टिको हेलिकप्टर दुर्घटनामा परेको थियो ।

उक्त दुर्घटनामा मन्त्री अधिकारी, व्यवसायी शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षागार्ड अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ