उद्योग वाणिज्य संघ लालबन्दीमा कांग्रेस निकट प्यानल निर्वाचित
प्रकाशित २०७५ फागुन २० सोमबार
643
Shares
सर्लाही। सर्लाहीको लालबन्दीमा उद्योग वाणिज्य संघको नेतृत्वमा कल्याण जोशीको प्यानल नै बिजयी भएको छ। मतगणनाको अन्तिम नतिजा अनुसार जोशीको प्यानल नै बिजयी भएको हो।
अध्यक्षमा निर्वाचित जोशीले ४ सय २७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी विक्रम भण्डारीले १ सय ८० मत प्राप्त गरे । उद्योग वाणिज्य संघ लालबन्दीको नयाँ नेतृत्व चयनका लागि आइतवार मतदान भएको थियो ।
मतदानमा ६ सय २३ जना मतदाता मध्ये ६ सय १२ जनाले मतदान गरेका थिए । केही मत बदर समेत भएको थियो ।
नेपाली कांग्रेस निकट जोशी प्यानल र नेपाल कम्यूनिष्ट पार्टी नेकपा निकट भण्डारी प्यानललाई जिताउन केही दिनदेखि दुवै पार्टीबाट निर्वाचित जनप्रतिनिधी, स्थानिय नेता र व्यापारी लगायत लागि परेका थिए ।