arrow

महायज्ञमा चार करोड ८४ लाख सङ्कलन

logo
प्रकाशित २०७५ फागुन २१ मंगलबार
devghat.jpg

चितवन। माघको अन्तिम साता तनहुँको देवघाटधाममा आयोजना गरिएको देवघाटधाम विराट ज्ञानमहायज्ञमा रु चार करोड ८४ लाख सङ्कलन भएको छ। महेश सन्न्यास आश्रम तथा महेश संस्कृत गुरुकुलको रजत वर्षको अवसर पारेर महायज्ञको आयोजना गरिएको थियो। महायज्ञका महासचिव एवं संस्कृत गुरुकुलका प्राचार्य डा गुरुप्रसाद सुवेदीका अनुसार महायज्ञबाट रु दुई करोड ६२ लाख बचत भएको छ।

महायज्ञका क्रममा आउने भक्तालुलाई आयोजकले देवघाटमै बस्ने तथा खाने सबै सुविधा प्रदान गरेकाले महायज्ञको व्यवस्थापनमा रु दुई करोडभन्दा बढी खर्च भएको हो। विसं २०५० मा स्थापना भएको गुरुकुलले कक्षा ६ देखि स्नातकोत्तरसम्म विद्यार्थीलाई आवासीय सुविधासहित पढाउँदै आएको छ। महायज्ञबाट बचत भएको रकमलाई अक्षयकोषमा राखेर संस्कृत शिक्षाको प्रवद्र्धनका लागि खर्च गरिने आश्रमका अध्यक्ष श्री १००८ स्वामी रमणानन्द गिरीले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ