मोदीलाई सधैं सत्तामा पुर्याईरहने ‘लक्की कुर्सी’, जसमा फेरि बस्दैछन् मोदी
प्रकाशित २०७५ फागुन २३ बिहिबार
897
Shares
काठमाडौं । ५ वर्ष भन्दा बढी काँचको बाक्सामा राखिएको एउटा काठको कुर्सीलाई सिंगारपटार गर्न कानपुरका भाजपा कार्यकर्ताहरुलाई भ्याई नभ्याई छ । चुनावी माहोलकाबीच कानपुर जानलागेका प्रधानमन्त्री नरेन्द्र मोदीलाई राख्नको लागि सो कुर्सीलाई नै सिंगार्न सुरु गरिएको हो । नयाँ कुर्सी नकिनेर सोही पुरानो कुर्सीमा बस्नको लागि अहिले भ्याई नभ्याई छ ।
चुनावी माहोलमा यस कुर्सीलाई बीजेपीकालागि शुभ मानिएको कुर्सी हो त्यो । भारतीय जनता पार्टीका नेताहरुका अनुसार यो कुर्सी पार्टीकालागि एकदमै भाग्यशाली मानिएको छ । किनकी जब९जब नरेन्द्र मोदी यस कुर्सीमा बस्छन्, बीजेपी कानपुरको आसपासको सीटमा सम्मानजनक जीत हाँसिल गरिरहेको विश्वास विजेपीको छ । साथमा केन्द्र तथा प्रदेशमा समेत पार्टीलाई सोही कुर्सीमा बसेका कारण अभूतपूर्व सफलता मिल्ने विश्वास समेत भाजपाको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीको शनिवार यानी ८ मार्चमा हुन लागेको र्यालीको समयको लागि भनेर अहिले सोही कुर्सीलाई रंगरोगन गर्न सुरु गरिएको छ । कामपुरका विजेपी नेताहरुको इच्छा यो छ कि मोदी कानपुर आएर फेरि एक पटक सोही कुर्सीमा बसुन् र फेरि प्रधानमन्त्री जितुन् । भारतीय जनता पार्टी कानपुरका जिल्ला अध्यक्ष सुरेन्द्र मैथानीले भने कि, '२०१९को लोकसभा चुनावभन्दा पहिले नरेन्द्र मोदीले उत्तर प्रदेशमा आफ्नो पहिलो चुनावी विजय शंखनाद र्याली १९ अक्टोबर २०१३ का दिन इन्दिरा नगर मैदानमा गरेका थिए । सोही दिन सो कुर्सीमा मोदी पहिलो पटक बसेका थिए ।
मैथानीले भने कि अप्रिल २०१४ मा कोइला नगरमा लोकसभा चुनावको दौरान पीएमको जुलुस फेरि एक पटक कानपुरको कोइला नगर मैदानमा भएको थियो । सो समयमा पनि यही कुर्सीले उनको टीमलाई सत्तामा पुर्यायो । त्यसपछि उनी देशका प्रधामन्त्री बन्न पुगे । मैथानी भन्छन्, ‘त्यसपछि सेप्टेम्बर २०१६ मा उत्तर प्रदेश विधानसभा चुनावमा भन्दा पहिले मोदीले निराला नगर मैदानमा एक चुनावी सभा गरेका थिए । त्यो समयमा पनि मोदी सोही कुर्सीमा बसेका थिए । २०१७ मा उत्तर प्रदेशमा भारी बहुमतले बीजेपीको सरकार बन्यो।'